अर्घाखाँची जिल्लाको सन्धिखर्कमा राष्ट्रिय जनमोर्चाले एम.सी.सी. को विरुद्धमा विरोधसभा सम्पन्न गरेको छ ।
नाराबाजीसहित आज बुधवार चुत्रबेसीबाट सुरु भएको उक्त जुलुसले सन्धिखर्कको शान्ति बगैचामामा पुगी कोणसभामा परिणत भएको हो। नेपाल बन्द आह्वान गर्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँची ले एमसिसी बिरोध प्रदसनी गरेको हो।
कार्यक्रममा जिल्ला अध्यक्ष थम्मन केसीले सम्बोधन गर्नुभएको थियो ।सो अवसरमा उहाँले एम.सी.सी. देशको सार्वभौमसत्ताकै विरुद्ध भएकाले त्यसको विरुद्ध सशक्त आन्दोलन आवश्यक रहेको बताउनु भएको थियो । उहाँले एम.सी.सी. संसद्बाट कुनै पनि हालमा पारित गर्न नहुनेमा जोड दिनुभएको थियो ।
यस्तै कोणसभा अखिल छैठाका केन्द्रिय अध्यक्ष देवेन्द्र कुंवर लगायत बक्ताहरु बोलेका थिए ।