दिपक भण्डारी विजयनगर । लोक तथा दोहोरी गायक गणेश अधिकारीको“मलम पट्टी” बोलको लोकगीत बजारमा सार्बजनिक भएको छ ।
धेरै मेहनत मा तयार भएको “मलम पट्टी” गीतलाई पनि दर्शक स्रोताले निकै महत्त्वका साथ लिएका छन ।
चर्चित गीतकार गणेश अधिकारी कै शब्द संगीतमा गायक सुनिता बुढा को सुमधुर आवाजले गीतलाई पुर्णता दिएका छन ।
“मलम पट्टी” गीतलाई योग्सना डिजिटल युटुब च्यानलबाट स्रोता माझ ल्याइएको छ । उक्त गीतका बारेमा देश बिदेशमा बस्ने लोक पारखी दर्शक स्रोताले राम्रो भएको टिप्पणी गर्न थालेका छ्न ।
स्मृति तिमिल्सिना ‘गुरूआमा ‘ले निर्देशन गरेको गीतमा सारिका के शि , सुवास अर्याल, सुजन शर्मा, र अप्सरा खरेल अभिनय रहेको छ । अब स्रोताले अन्य लोक गीत भन्दा यो पटक “मलमपट्टि” मा फरक शैलीको प्रस्तुति देख्न सक्ने छन ।
भिडियो हेर्नको लागी तलको लिंकलाई थिच्नुहोला https://youtu.be/orsYdiSr8Kg