संदिप न्यौपानेको “दिलमाया” गीत सार्बजनिक (भिडियो सहित)
कपिलवस्तु । लोक तथा दोहोरी गायक संदिप न्यौपानेको “दिलमाया” बोलको लोकगीत बजारमा सार्बजनिक भएको छ ।
धेरै मेहनत र ठूलो लगानीमा तयार भएको “दिलमाया” गीतलाई पनि दर्शक स्रोताले निकै महत्त्वका साथ लिएका छन ।
यस अघि गीतकार शिव हमाल र संदिपको सहकार्यमा बनेको “लालुमै” गीतले करोड क्लबमा प्रवेश गरेको थियो र यो गीतले पनि स्रोताको अत्याधिक माया पाउने गायक तथा मोडल न्यौपानेले बिश्वास लिएको बताए ।
चर्चित गीतकार शिव हमालको शब्द संगीतमा गायक न्यौपाने र शान्तिश्री परियारको सुमधुर आवाजले गीतलाई पुर्णता दिएका छन ।
“दिलमाया” गीतलाई गीतकार हमालको युटुब च्यानलबाट स्रोता माझ ल्याइएको छ । उक्त गीतका बारेमा देश बिदेशमा बस्ने लोक पारखी दर्शक स्रोताले राम्रो भएको टिप्पणी गर्न थालेका छ्न ।
प्रकाश भट्टले निर्देशन गरेको गीतमा न्यौपाने र अञ्जली अधिकारी र निक्स शर्माको अभिनय रहेको छ । अब स्रोताले अन्य लोक गीत भन्दा यो पटक “दिलमाया” मा फरक शैलीको प्रस्तुति देख्न सक्ने छन ।
भिडियो हेर्नको लागी तलको लिंकलाई थिच्नुहोला

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























