कपिलवस्तु । जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं २ गोरुसिङ्गेमा रहेको गौतम बुद्ध माध्यमिक विद्यालयमा एक कक्षा देखि १२ कक्षा सम्मका सम्पुर्ण कक्षाहरु कोभिड महामारीका कारण स्थगित छन । तर विद्यालयमा विद्यार्थी पढ्न नआएता पनि शिक्षक सेवा आयोग का ट्युसन क्लासहरु भने धमाधम भइ राखेका छन । यसो त सरकारि विद्यालयमा निजि स्वामित्वमा रहेका ट्युसन कक्षाहरु संचालन गर्ने कुनै कानुनी ब्यबस्था छैन । कोभिड महामारिको समयमा विद्यार्थी लाई घरमा बसाल्ने तर निजि स्वामित्व का आयोगका ट्युसन कक्षाहरु भने संचालन हुनुले गौतम बुद्ध माध्यमिक विद्यार्थीमाथी गम्भीर प्रश्न चिन्ह खडा भएको छ । हुन त विद्यालयका भौतिक संरचनामा पार्टी का र पार्टी का भातृ संगठन का कार्यक्रम हरु भएका हुन्छन । सरकारि विद्यालयमा विद्यार्थीका कक्षाहरु बन्द गरि शिक्षक सेवा आयोय का कक्षाहरु संचालन हुनु आफैमा लज्जास्पद छ । केही दिन अघि गौतमबुद्ध माद्यामिक विद्यालय गोरुसिङ्गेका प्राध्यानाध्यापक ले आफ्नो सामाजिक संजाल मार्फत दुई दुई पटक आयोग का कक्षा संचालन भएको जानकारी गराउनु भएको थियो ।
यस्तो छ उहाको आग्रह:

निजि स्वामित्वमा रहेका ट्युसन सेन्टर विद्यालयमा संचालन गरि वास्तविक विद्यार्थीहरुको पढाइ भने बन्द गर्ने रणनीतिले विद्यार्थीको पढाईमा भने केहि असर पर्न जान्छ । कोभिड संक्रमण दर तिब्र गतिमा फैलिएको बेलामा विद्यालयमा भिड जम्मा गर्दै शिक्षक सेवा आयोगका कक्षाहरु संचालन गर्नु आफैमा लज्जास्पद बिषय हो । कोरोना महामारीको बेला विद्यार्थीको पढाइ बन्द गरि बिधालयका सहायक-प्राध्यानाध्यापक मोहन गौतम को मिलिमहतो मा कक्षा संचालन भइ रहेको छ ।