विद्यार्थी राजनीतिमा लाग्नु भएका युवा नेता गैरे द्वारा सदस्य पदमा उम्मेदवारी घोषणा
कपिलवस्तु ।
पशुपति गिरी।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा कपिलवस्तु पार्टी जिल्ला सचिवालय सदस्य समेत रहेका युवा नेता टुकलाल गैरेले नेकपा एमालेको अधिवेशनमा जिल्ला सदस्यको लागि उम्मेदवारी दिने बताउनु भएको छ ।
बिगत २०६० साल देखि विद्यार्थी राजनीतिमा लाग्नु भयका युवा नेता टुकलाल गैरे द्वारा सदस्य पदमा उम्मेदवारी घोषणा गर्ने बताउनु भयाे।
स्कुले जीवनबाट राजनीति सुरु गर्नुभएका गैरेले अनेरास्ववियु कपिलवस्तुको नेतृत्व गर्दै पार्टीमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ । नेकपा एमाले कपिलवस्तुको नवौ जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएका गैरेले पार्टी नेता कार्यकर्ताले दिएको साथलाइ सधै कदर र सम्मान गर्ने बताउनु भएको छ ।
त्याग र निष्ठाका पर्याय रुपमा रहनु भएका वाणंगगाका युवा नेता गैरेले समुदायको हक हितका लागि आफ्नो उर्जावान समय समर्पण गर्दे आउनु भएको छ । उहाँले नेता र शुभेच्छुकहरूसँगको परामर्शमा सदस्य पदमा उम्मेदवारी दिन लागेको उहाँले बताउनु भएको छ ।गैरे युवाहरूका बीच लोकप्रिय मानिनुहन्छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























