प्रहरीलाई धारिलो हतियार प्रहार गर्ने तामाङ पक्राउ
काठमाडौं । प्रहरी र अर्को एक सर्वसाधारणलाई धारिलो हतियार प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली लिखु घर भई हाल जरङ्खु बस्ने वर्ष २९ को शनी तामाङ रहेका छन् ।
काठमाडौँ तार्केश्वर नगरपालिका–८ शेषमतीस्थित लामबजार नजिक सामान्य विषयमा विवाद हुँदा उनले सोही ठाउँका २९ वर्षीय सुवास तामाङलाई घारिलो हतियार खुकुरीले टाउको र घाँटीको पछाडिबाट हिर्काइ घाइते बनाएका थिए ।
त्यसपछि सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजु मातहत प्रभाग धर्मस्थलीमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
सोही क्रममा उनले प्रहरी माथि नै आक्रमण गरेका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । दुवै घाइतेको ट्रमा सेन्टरमा उपचार गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























