नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल एमसीसीलाई अघि बढाउने पक्षमा
रौतहट । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई विश्वासमा लिएर मात्र एमसीसीलाई अघि बढाउनुपर्ने बताएका छन् ।
बुधबार रौतहटको वृन्दावन नगरपालिका–५ स्थित स्वास्थ्य चौकीको उद्घाटन गर्दै अध्यक्ष नेपालले एमसीसी सम्झौताका विषयमा सरकारसँग छलफल भइरहेको भन्दै जनतालाई विश्वासमा लिएर मात्र एमसीसी अघि बढाउनुपर्ने बताएका हुन् ।
एमसीसीका बहानामा कुनै प्रकारको सुरक्षा रणनीति सम्बन्धी कार्य वा छिमेकी देशको विरुद्ध हुने गतिविधि स्वीकार गर्ने पक्षमा आफूहरु नरहेको उनले बताए । अध्यक्ष नेपालले नेपालको भूमिमा नेपालको अधिकार भएकोले आफ्नो भूमिमा विकास कार्य, रोजगारी सिर्जना तथा प्रयोग गर्ने नेपालकै भएको तर्क गरे ।उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा गरेका सम्झौताले नेपाललाई अप्ठेरोमा पारेको आरोप पनि लगाए

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























