शिवराज खेल महोत्सव २०७८ मा फुटबल,भलिबल र क्रिकेट खेल ।
शिवराज नगरपालिका भित्र संचालन भई रहेको शिवराज महोत्सव अन्तर्गत विभिन्न खेल समपन्न भएको छ । क्रिकेट तर्फ वडा न ५ बि टिम र वडा न ६ बिचको भएको पहिलो खेलमा पहिला बैटिङ्ग गर्दे निर्धारित १२ ओभरमा चन्द्रौटा बि टिमले आफनो पुरा विकेट गुमाउदै १०५ रन बनायो ।
वडा न ६ ले पाएको १०६ रनको लक्ष्य ९ विकेट गुमाउदै अन्तिम ओभरको अन्तिम बलमा २ रन जोडदै विजयी भयो । भने आर्को खेलमा वडा न २ ले वडा न ५ लाई हराउदै विजयी बन्यो ।
फुटबल तर्फ भएको ३ खेलमा पहिलो खेल वडा न ५ ले वडा न १ लाई ट्राइव्रेकरमा हराउदै जित हात पार्यो । दोस्रो खेलमा वडा न १ ले वडा न ३ बि लाई ७-0 गोल अन्तरले पराजित गर्यो । तेस्रो खेलमा वडा न ३ ले वडा न २ लाई ट्राइव्रेकरमा पराजित गर्दे आगामी चरणको यात्रा तय गर्न सफल भयो । भलिबल तर्फ वडा न ५ लाई हराउदै वडा न २ विजयी भएको नगर खेलकुद विकास समिति शिवराजका अध्यक्ष नेत्र प्रसाद बेल्वासे जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























