केशव बेल्वासे कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिकामा आजबाट खेल महोत्सव सुरु भएको छ । समृद्ध नगर सुखि नगरवासि, स्थिर र दिगोविकासको लागि, स्वास्थका लागि खेलकुद राष्ट्का लागि खेलकुद भन्ने नारा सहित खेल महोत्सव सुरु भएको हो ।

महोत्सवको उद्धघाटन समारोहमा बोल्दै लुम्बिनी प्रदेश शभा सदस्य अर्जुन कुमार के सिले अबको दिनमा खेललाई पनि व्यवसायिक रुपमा अगाडि ल्याउनुपर्ने बताउनुभएको छ । खेल भनेको पसीना बगाउने र स्वस्थ बन्नको लागि मात्रै नभएर व्यवसायिक पाटोका रुपमा अगाडि ल्याउनुपर्नेमा जोड दिनुभयो । प्रदेश शभा सदस्य के सिले हाल विश्वमा करीब साढे ६ सय अरब डलरको खेल बजार रहेको बताउँदै खेल सम्बन्धि सामग्रिहरु उत्पादन र व्यवसायबाट पनि राम्रो आम्दानि र रोजगारी सृजना गर्न सकिने बताउनुभयो ।

खेललाई देशव्यापि रुपमा व्यवसायिकतामा परीणत गर्न हामि सबैले प्रयास गर्याैँ भने त्यो असम्भव नहुने उँहाको भनाई छ । खेलकुद क्षेत्रको विकाशमा शिवराज नगरापलिकाले पनि राम्रो प्रयास गर्दै आईरहेको र आगामि दिनमा पनि अझ घनिभुत रुपमा अगाडि बढाओस भन्ने शुभकामना दिदै बर्षमा हप्ता १० दिन खेलकुदका कार्यक्रम भव्य रुपमा गर्ने र ११ महिनासम्म शान्त बस्ने नगरेर प्रत्येक महिना खेलकुद सम्बन्धि क्रियाकलापहरु सञ्चालन गर्न प्रदेश सभा सदस्य के सिले आग्रह गर्नुभयो ।

कार्यक्रममा शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले यो खेल महोत्सव चन्द्रैटामा मात्र सिमित नभएर शिवराजका प्रत्येक गाउँ र वडा वडामा भएको खेल प्रतियोगितबाट खेलाडि छनोट गरी आएको हुदा यो महोत्सवबाट वडा वडा र विद्यालय विद्यालय बिच प्रतिस्प्रधा हुने बताउनुभयो । खेलले मनिसलाई मनोरञ्ज दिने मात्र नभएर सवल, सक्षम, असल र अनुशाशित बनाउने बताउदै नगर प्रमुख अधिकारीले पढाई मात्रै सवथोक नभएर खेलले स्वस्थ जिवन शैलि अपनाउन सकिने बताउनुभयो ।

शिवराज नगरपालिकाले खेल क्षेत्रको विकाशका लागि हरदम लागि परेको बताउदै यहाँबाट आज खेलेका खेलाडि भोलिको दिनमा जिल्ला प्रदेश हुदै राष्ट्रिय खेलाडिको रुपमा प्रतिनिधित्व गरोस भन्ने आपनो कामना रहेको नगर प्रमुख अधिकारीले बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्र पाडि पाण्डे, नेकपा एमाले शिवराज नगर कमिटि अध्यक्ष जगत पौडेल, नेपालि कांग्रेस शिवराज नगर कमिटि शभापति मधुसुदन पोख्रेल, नेकपा माओवादि शिवराज नगर कमिटि अध्यक्ष दिनेश पुन, नेकपा एसका शिवराज नगर कमिटि अध्यक्ष सरोज पौडेल, जनता समाजवादि पाटिका शिवराज नगर कमिटि अध्यक्ष रहिद साह लगायतले खेलकुद महोत्सवको भव्य सफलताको सुभकामना दिएका थिए ।

शिवराज नगर उप प्रमुख शिवकुमारी चौधरीको स्वागत मन्तव्य र शिवराज नगरपालिका शिक्षा शाखा अधिकृत पुर्ण विश्वकर्माको सन्चालनमा रहेको कार्यक्रम शिवराज खेलकुद विकाश समिति संयोजक नेत्र बेल्वासेको अध्यक्षतामा उद्धघाटन समारोह सम्पन्न भएको हो । पुस १२ गतेसम्म सञ्चालन हुने शिवराज नगरपालिकाले आयोजना गरेको खेल महोत्सवमा विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, मेयर कप र उप मेयर कप शीर्षकमा विभिन्न खेलकुद प्रतिस्पर्धा हुने जानाइएको छ ।

राष्ट्रपति रनिङ्ग शिल्ड तर्फ पाँच विधा अन्तर्गत भलिबल,एथलेटिक्स,कराते,उसु कपर्दी खेल प्रतियोगिता हुने छ भने मेयर कप तर्फ फुटबल,क्रिकेट र भलिबल उपमेयर कप तर्फ फुटबल,भलिबल र कराते प्रतियोगितामा गरी १५ सय बढी विद्यार्थी खेलाडी सहभागी हुने छन ।