मापदण्ड विपरीत जोकोही खोलामा नदिजन्य सामाग्री उत्खनन् ।
कपिलवस्तु । शिवराज नगरपालिका वडा ९ मा रहेको जोकोही खोलामा मापदण्ड विपरीत नदिजन्य सामाग्री उत्खनन् गरिएको पाइएकोछ ।
मंसिर १६ गते नगरपालिकासंग सम्झौता भई काम सुरु गरेको खड्का काष्ठ फर्निचर सप्लायर्सले केहि दिनमै मापदण्ड विपरीतका औजार प्रयोग गरि नदिजन्य सामाग्री उ्रत्खनन भएको स्थानियले बताएका छन् ।उक्त खोलामा दुई दिन सम्म औजार प्रयोग गरि उत्खनन भएको र अहिले भने औजार हटाइएको बताइएको छ । सुरुमै मापदण्ड विपरीत विभिन्न मेसेनरी औजार प्रयोग गरेपछि आगामी दिनमा त्यसले गर्ने काम प्रति प्रश्न उठेको छ ।
३२ लाखमा सम्झौता भएको उक्त खोलावाट ४५ सय घटमिटर मात्र निकाल्न पाईने उल्लेख छ । संझौतामा कुनै औजार प्रयोग गर्ने उल्लेख छैन ।
ठेकेदार कम्पनीले उत्खनन गरेपछि त्यसको अनुगमन तथा निरीक्षण गर्नुपर्ने नगरपालिकाको स्थानीयवासीबाट आएको गुनासोमा कुनै चासो नदेखाउनुमा उनीहरूको समेत मौन समर्थन रहेको आशङ्का स्थानीयवासीले गरेका छन् ।
ठेकेदार कम्पनीले आफूहरुले सम्झौता र मापदण्ड विपरीत उत्खनन नगरेको दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























