एशियन लाईभ इन्स्योरेन्स चन्द्रौटा उपशाखाको अभिकर्ता सम्मान र पुर्नताजगी कार्यक्रम ।
सीता बेल्बासे,कपिलबस्तु । एशियन लाईभ इन्स्योरेन्स चन्द्रौटा उपशाखा द्धारा अभिकर्ता सम्मान तथा पुर्नताजगी कार्यक्रम सम्पन्न भएको छ । एशियन लाईभ इन्स्योरेन्स चन्द्रौटा उपशाखाको आयोजनामा शिवराज ३ मा रहेको देउरालि रिसोर्टमा सनिबार उक्त कार्यक्रम भएको हो ।
अभिकर्ता सम्मान तथा पुर्नतानगी कार्यक्रमको सम्बोधन गदै स्थापनकाल देखि काम गदै आउनु भएको अभिकर्ता कमला न्यौपानेले आफुले गरेको आम्दानिको केहि रकम भएपनि जम्मा गरी बचत गर्न बानिले भबिस्यमा हुने बिभिन्न समस्याहरु सजिलै चलाउन मद्धत हुने भएकाले जिवन विमा गर्नु अतिनै आवश्यक रहेको बताउनु भयो । यस्तै एशियन लाईभ इन्स्योरेन्स वुटवलका शाखा प्रमुख विकास अधिकारीले एशियन लाईभ इन्स्योरेन्स कम्पनिको बारेमा प्रकाश पादै जिवन विमाबाट हुने फाइदा भावि जिवनमा आउने बिभिन्न समस्यालाई कसरी सहयोग गर्छ विमा किन गर्न आवश्यक छ भन्ने बारेमा बताउदै एशियन लाईभ इन्स्योरेन्समा विमा गर्न आग्रह गर्नु भयो ।
विमा कम्पनिमा पहिलाको तुलना भन्दा अहिले मानिसले विश्वास गदै आएको बताउदै विमा गर्ने मानिसको दर बढेको बताउदै अहिलेको आर्थिक जोहोले भोलिको लागि व्यापार छोराछोरीको शैक्षिक क्रियाकलापमा सहयोग हुने हुदा विमा आवश्यक रहेको एशियन लाईभ इन्स्योरेन्स चन्द्रौटा उपशाखा प्रमुख बावुराम घिमिरेले बताउनु भयो ।
अभिकर्ता राम मिलन थारुले एशियन लाईभ इन्स्योरेन्स राम्रो र उत्कृष्ट भएको कम्पनि भएकाले काम गर्न सजिलो भएको बताउनु भयो । कार्यक्रममा उत्कृष्ट अभिकर्ता लाई सम्मान तथा हौसला प्रदान पनि गरिएको थियो

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























