प्रथम वडा स्तरिय खेलकुद शिवराज वडा न.२ मा १२ वटा टिम बिच कडा प्रतिस्पर्धा ।
दिपक खड्का,शिवरााज । शिवराज नगरपालिका वडा न २ मा वडा स्तरिय खेलकुदको शुभआरम्भ भएको छ । नगर स्तरिय खेलकुदका लागि उत्कृष्ट खेलाडी छनोट गर्न वडा न.२ ले वडामा १२ वटा टिमलाई खेलकुदका लागि प्रतिस्पर्धा गर्ने वडा सचिव नारायण पंगेनीले जानकारी दिए ।

वडा स्तरिय खेलकुद उद्धाटाको पहिलो दिन शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बल रेफ्रीलाई हस्तानतरण गरि खेलको उद्धाटन गरेका हुन् ।उद्धाटन कार्यक्रममा शुभकामना दिदै वडा अध्यक्ष राम बहादुर चौधरीले खेलाडीहरुलाई वडा वाट राम्रो खेलखेलदै नगरकप वडा न २ लाई जिताउन शुभकामना दिदै खेलकुद विकासका लागि वडाले प्रत्येक वर्ष वडामा रहेका क्लबहरुलाई खेलकुद सामाग्री वितरण गर्दै आएको बताए ।

शिवराज नगर खेलकुद विकास समितिका अध्यक्ष नेत्र प्रसाद बेल्वासेले नगर स्तरिय प्रतियोगिता १६ गते देखि संचालन हुने जानकारी दिदै खेलाडीहरुलाई अनुशासित भएर खेल्नु पर्ने धारणा राख्दै वडा न २ लाई जितको शुभकामना दिए । कार्यक्रममा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले पहिलो वर्ष नगर स्तरिय खेलकुद गरेका थियो । यस आर्थिक वर्ष देखि वडा स्तरिय खेलकुद गर्ने निर्णय अनुसार वडा न २ ले खेलको शुरुवात गरेकोमा धन्यवाद दिदै ।

यस प्रतियोगिता वाट मेयरकप,उपमेयरकपमा सहभागी भई उत्कृष्ट हुने खेलाडीहरुलाई बन्ध प्रशिक्षण संचालन गरि पालिका स्तरिय खेल गराउने लक्ष्य रहेको र पालिकले उत्कृष्ट खेललाडी उत्पादन गर्ने योजना रहेको अधिकारीले बताए । कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्याल शिक्षा शाखा प्रमुख लोकराज पन्थी तथा वडा स्तरिय खेलकुद समितिका संयोजक प्रभु थारुको अध्यक्षतामा कार्यक्रम समापन भएको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























