सागर वि..क कपिलवस्तु, मंसिर १९

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरिएको छ । बुद्धभूमि कर्मचारी मिलन केन्द्रको आयोजनामा बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव राज सुवेदीलाई आज एक कार्यक्रमका बीच स्वागत गरिएको छ भने प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेललाई विदाई गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धभूमि नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले विदाई भएर जान लाग्नु भएका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले नगरपालिकाको विकास तथा नगरका काम कारवाहीमा सुस्तदुरुस्त ढङ्गले कार्य सम्पादन गरेको भन्दै प्रशांसा गर्नुभयो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत केशव राज सुवेदीलाई स्वागत गर्दै नगर प्रमुख श्रेष्ठले नगरको विकास निर्माणका योजना तथा काम कारवाहीमा सहकार्य गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । नगर प्रमुख श्रेष्ठले जनताको आवश्यकतालाई मध्येनजर गर्दै सबै कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभएको छ । बुद्धभूमि नगरपालिकाका अधिकृत एवं बुद्धभूमि कर्मचारी मिलन केन्द्रका सचिव विजय भुसालले विदाई भएर जान लाग्नु भएका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेललाई आगामी दिनको लागी शुभकामना दिदैं नगरपालिकामा यतिका समय काम गर्ने क्रममा हार्दिकताका साथ कामहरु अगाडि बढाएको भन्दै खशी व्यक्त गर्नुभयो ।