अपाङ्गता दिवसको अवसरमा वडा न. २मा अन्तरक्रिया ।
सीता बेल्बासे । अपाङ्गता दिवसको अवसरमा शिवराज नगरपालिका वडा न. २ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवस अवसर पारेर शुक्रबार शिवराज वडा न. २ मा अन्तरक्रिया कार्यक्रम भएको हो ’समावेशी, सुलभ र दिगो, कोभिड–१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सहभागिता’ भन्ने नारासहित विश्वभर यो दिवस आज मनाइएको हो ।
नेपालमा भने ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाएको छ ।
यसै अवसरमा वडा स्तरिय अपाङ्गता सञ्जालको आयोजनामा शिवराज वडा न. २ को वडा कार्यालयको समन्वय स्ट्रोम फाउण्डेसनको सहयोमा उक्त कार्यक्रम संचालन गरिएको हो ।कार्यक्रमलाइ सम्बोधन गदै शिवराज नगरपालिका उपप्रमुख शिव कुमारी थारुले अपाङ्गता भएकाहरुले भोग्नु परेको समस्यामाथि छलफलसँगै चुनौतीको समाधान निकाल्न, अपाङ्गता सम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने सबैले पहल गर्नु पर्न बताउदै नगरले प्रतेक वर्ष पनि बिभिन्न माध्यमबाट अपाङ्गता भएका व्लायक्गितिहरूका लागि कार्यक्रम गर्दै आएको बताइन् । यो आर्थिक वर्षमा पनि साहायक सामाग्री र मागमा आधारित कार्यक्रम भएको बताउदै माग संकलन गरिने बताइन् ।
शिवराज वडा न २ का वडा अध्यक्ष राम बहादुर चौधरीले अपाङ्गता भएका व्यक्ति पनि साङ्ग व्यक्ति सरह बाच्न पाउनु अधिकार भएको हुदा अपाङ्गता भएका व्ययक्तिहरूलाई माया ममता सहित हौसला संगै अधिकार दिनु पर्न बताए ।
साथै अध्यक्ष चौधरीले आफनो घरपरिवार बाटै अपहेलित गर्ने खालका क्रियाकलाप नगर्न आग्रह गर्नु भयो । वडाबाट प्रवाह गरिने सेवा सुविधा र सहयोग सधै गदै आएको बताउदै आगमि दिनमा पनि सहयोग गर्न बताए ।
अपाङ्गता क्षेत्रमा क्रियाशिल अपाङ्गता अधिकारकर्मी दिपक खड्काले नेपालमा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या कति छ भन्ने यकिन तथ्याङ्क नभएपनि महासङ्घका अनुसार २०६८ सालको जनगणना अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको १.९४ प्रतिशत भएको बताए ।
अपाङ्गता भएका व्यक्तिको अधिकार र उनिहरुले पाउनु पर्न सेवा सुविधा सहज रुपमा उपल्बध गराउने पर्ने राज्यको दायित्व भएको बताए ।
किडार्क नेपालले पनि शिवराजमा अपाङ्गता भएका व्यक्तिको लागि काम गदै आएको बताउदै आगमि दिनमा पनि कामगर्न किर्डाक नेपाल संस्थाका सामुदायिक बिकास अधिकृत बिनोद केवटले बताउनु भयो ।कार्यक्रम हिरामन्ती थारूको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























