कर्णालि प्रदेश प्रहरी मातहत रहेको एउटा तालिमप्राप्त कुकुरसहित मंगलबार देखि प्रहरी खोजीकाममा जुट्ने तयारी भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख आचार्यले जानकारी दिएचा । चार दिन बित्दा समेत उहाँ नभेटिएपछि प्रदेश मुकामबाट तालिमप्राप्त कुकुर सहितको प्रहरी टोली झिकाएर परिचालनमा लाग्ने तयारी भएको उनले बताए ।

परिवारजनको निवेदनपछि जिल्ला प्रहरी कार्यालयले पनि बेपत्ता पौडेलको खोजपडताल जारी राखेको छ । बेपत्ता पौडेलले सवार गरेको मोटरसाइकल शनिवार बिहान बुद्धभूमी ९ बेल नदी नजिकै बेवारिसे अवस्थामा फेला परेको थियो । मोटरसाइकल फेला परेपछि उहाँको खोजतलास गर्दा आइतबार बिहान मोबाइल पनि बेल नदिनै भेटिएको थियो ।