काठमाडौं । नेकपा एमालेको आसन्न १०औं
महाधिवेशनको तयारीका लागि लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनको छलफल सम्पन्न भएको छ । संगठनका अध्यक्ष मित्रलाल शर्माको अध्यक्षतामा भएको उक्त छलफलको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरे हुनुहुन्थ्यो ।

कार्यक्रममा आगामी महाधिवेशनको तयारीका लागि जिम्मेवारी बाँडफाँटका साथै संगठनका नेताहरुहरुलाई निर्देशन दिनुभएको थियो ।
प्रमुख अतिथि गैरेले महाधिवेशनलाई सफल बनाउन संगठनको महत्वपूर्ण भएको र उक्त भूमिका कुशलतापूर्वक निर्वाह गर्नुपर्ने बताउनु भयो । पार्टीले आसन्न महाधिवेशनलाई अपाङ्गता मैत्री बनाउने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमका सभापति शर्माले आसन्न महाधिवेशनलाई सफल पार्न संगठनका नेताहरुलाई निर्देशन
दिनुभएको थियो ।

उक्त छलफलमा संगठनले आगामी महाधिवेशनमा जन–परिचालनको जिम्मा संगठनिक केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि निर्मला धिताललाई दिएको थियो । महाधिवेशनको मूल प्रवेशद्वार व्यवस्थापनको जिम्मा संगठनका केन्द्रीय सदस्य महेश्वर घिमिरेलाई दिएको थियो।
त्यस्तै मंसिर ७ गते हुने नेकपा एमालेको मोटरसाइकल ¥यालीमा बढी भन्दा बढी चार पाङ्ग्रे स्कुटर उपस्तिथि गराउने जिम्मा संगठनिक केन्द्रीय सदस्य देवी आचार्यलाई दिएको थियो ।