तरकारी मुल्य श्रृखला सम्बन्धि दुई दिने तालिम ।
सीता बेल्बासे तरकारी मुल्य श्रृखला सम्बन्धि तालिम सम्पन्न भएको छ । शिवराजनगरपालि वडा न. १ मा विहिबार तालिम सम्पन्न भएको हो । किर्डाक नेपालको आयोजनामा उमरी तरकारी व्यवस्थापन समिति र शिवराज नगपालिका,कृषि शाखाको समन्वय स्ट्रोम फाउन्डेशनको सहयोमा उक्त तालिम भएको थियो ।
किर्डाक नेपाल जिल्ला संयोजक कृषण रावलले तालिमको मुख्य उद्धेश्यको प्रकास पार्दै कृषकले उत्पादन गरेको तरकारीको बजारीकरण तरकारीको मुल्य निर्धारण कसरी गर्न सकिन्छ । यस्ता कुरामा कृषक चनाखो हुनु पर्न बताउदै आगमि दिनमा तरकारी बाट आत्म निर्भर हुनु पर्नमा कृषकलाई जोड दिनु भएको थियो । तरकारी उत्पादनलाई कसरी बढवा दिन सकिन्छ । उत्पादन गरेका तरकारीले उचित बजार पाएका छन् कि छैनन् ।
कृषकका प्रमुख समस्या तरकारी संकलन, बजारमुल्य निर्धारण गर्न कसरी सकिन्छ । स्थानिय निकायले के कस्तो पहल गरेका छ । कृषकका गुनासा समाधानमा कसरी परामर्श भएका छन् भन्ने बारेमा २ दिन सम्म बतास फाउन्डेसनका सहजकर्ता सुरेस भट्टराई र मेल्सन श्रेष्ठले प्रशिक्षण दिनु भएको किर्डाक नेपालको सामुदायिक बिकास सहजकर्ता इन्दु थारुले बताउनु भयो ।
दुइ दिन सम्म सन्चाल भएको तालिमका बुद्धभुमि र शिवराज १ बाट गरी २६ जना कृषकको सहभागिता रहेको किर्डाक नेपाल संस्थाका सामुदायिक बिकास अधिकृत बिनोद केवटले बताउनु भयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























