समग्र विकासको लागि मेरो उमेदवारी : गोविन्द के.सी
शिवराज । नेपाली कांग्रेसको यहि मिति २०७८।०८।०३ मा हुन गई रहेको क्षेत्रिय सभापतीको चुनावमा प्रदेश सभा कपिलवस्तु क्षेत्र न ३ (क) वाट आफुले समग्र क्षेत्रको विकासका लागि आफनो उमेदवारी दिएको बताए ।
आफूहरुले विगतको दिनमा जित हाँसिल गरेको स्थानमा आफूहरु पुन जित्ने के.सी को दावी छ । अरुले जितेर केवल प्रतिपक्षको भूमिका मात्र निर्वाह गर्ने बताउँदै उनिहरुबाट विकासको कुनै आशा नगरे हुने उनको भनाई थियो । नेपाली कांग्रेस क्षेत्र न ३ क मा विवाद रहेको हल्ला केवल हल्ला मात्र भएको बताउँदै आफूहरु विच कुनै मनमुटाव नभएको समेत बताए ।
नेपाली कांग्रेसमा वि स २०५१ साल देखि राजनिती यात्रा सुरु गरेका के सी बिद्यार्थी नेता हुन स्कुल पढ्दा देखिनै नेबि संघमा रहेर संगठन निर्माण र बिद्यार्थी आन्दोलनमा होमिएका थिए ।
पटक,पटकको चुनावमा युवा मोर्चामा रहि पार्टीलाई सहयोग गरेको स्मरण गर्दे आफुले क्षेत्रीय सभापतीको चुनाव भारी मतले विजय हुने विश्वास समेत व्यक्त गरे ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























