वृहत यौनिकता शिक्षा सम्बन्धि स्थानिय सरकार र साझोदारीहरुसगँ कार्यशाला गोष्ठि तथा अभिमुखिकरण कार्यक्रम शिवराज नगरपालिकामा सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघ जनसंख्या कोषको आर्थिक तथा प्राविधिक सहयोग सिसो नेपाल र शिवराज नगरपालिकाको आयोजनामा शिवराज २ बालापुरमा रहेको सिद्धार्थ  लुम्बिनि रिर्सोटमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले स्वास्थ र शिक्षा अहिलेको महत्वपुर्ण विषय रहेको हुदा यस विषयमा राज्यले ध्यान पुर्याउन नसकेको बताउदै स्थानिय तहले गर्नुपर्ने कार्यमा आफुले ध्यान दिने बताए । वृहत यौनिकता शिक्षा अहिलेको समयमा निकै महत्वपुर्ण र जिवनभर काम लाग्ने विषय भएको हुदा सबै विद्यायलयमा यसलाई प्राथमिकताका साथ पढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमबाट शिवराज नगरपालिकाले वृहत यौनिकता शिक्षा सम्बन्धि नगर भित्र रहेका विद्यालयका लागि सुचना केन्द्र स्थापना गर्ने, वृहत यौनिकता शिक्षा सम्बन्धि विषयवस्तु स्वास्थ तथा जनसंख्या शिक्षामा समावेश गर्ने, स्वास्थ शिक्षा विषयलाई ऐक्षिक विषयको रुपमा अध्यापन गर्न विद्यालयलाई अनुरोध गर्ने, कार्ययोजना तयार गरेको छ ।

कार्यक्रममा सिसो नेपालका कार्यकारी निर्देशक खुमानन्द सुवेदिले वृहत यौनिकता शिक्षा सम्बन्धि सहजिकरण गर्दै बृहत्त यौनिकता शिक्षाको वारेमा किशोर,किशोरीहरुलाई जानकारी गरि बालबालिकाहरुले उमेर नपुगी गर्ने विवाह र सानै उमेरमा हुने गर्भधारणलाई न्यूनिकरण गर्न सहयोग गर्ने उद्धेश्यले उक्त अभिमुखिकरण सञ्चालन गरेको बताउनु भयो ।

थियो । कार्यक्रममा शिवराज नगरपालिका सामाजिक विकाश समितिका संयोजक चन्द्र बहादुर गहतराज, कार्यक्रममा शिवराज नगरपालिकाका प्रसासकिया अधिकृत गणेश प्रसाद अर्याल, स्वास्थ शाखा प्रमुख चुडामणि भट्राई, शिवराज नगरपालिका विभिन्न वडाका वडा अध्यक्ष, कृष्णनगर नगरकालिकाका शिक्षा शाखा प्रमुख बलराम पन्थि, विजयनगर गाउँपालिकाका सामाजिक सुरक्षा महिला बालबालिका स्वास्थ शाखा प्रमुख हरीहर बेल्वाशे, समयथान मा विका प्रअ गिरी प्रसाद गैरे, लगायत शिक्षक, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

शिवराज नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थिको स्वागत मन्तव्य, शिवराज नगरपालिकाका उप प्रमुख शिवकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिवराज नगरपालिका शिक्षा शाखा अधिकृत पुर्ण बहादुर विकले गर्नुभएको थियो ।