सीता बेल्बासे ।  बाख्रा पालनको लागि पकेट क्षेत्र मानिएको शिवराज १को बनकसवास शिवराज नगरपालिका नगरउपप्रमुख शिव कुमारी थारुले बताउनु भयो ।

तीन दिने बाख्रा पालन तालिमको बुधबार समापनको सम्बोधन गदै यस्तो कुरा बताउनु भएको हो । बनकसवास क्षेत्र बाख्रा पालनको लागि उपयुक्त ठाउँ मानिएको हुदा झन यो तालिम पछि किसानलाई व्यवसाहिक हुन सहयोग पुग्ने बताउनु भयो। उपप्रमुख थारुले बाख्रा पालन पशु पालनमा केहि समस्या परेमा शिवराज नगरपालिका पशुशाखामा सल्लाह लिन अनुरोध गदै किर्डाक नेपालले गरेका हरेक काम सर्हानिय रहेको बताउनु भयो।

वडा न १ का वडाअध्यक्ष्य जगत बहादुर जिसीले पशुपालनको लागि उपयुक्त ठाउँ छनोट गर्न सकिएन भने लगानि खेर जाने हुन्छ । त्यैसले तराइको  भएपनि शिवराज नगरको १,३ र ९ वडा बाख्रा पालनको लागि पकेट क्षेत्र मानिएको हुदा प्रम्परागत भन्दा वैज्ञानिढग्गले ब्यवसाहि हुनु पर्न किसानलाइ जोड दिनु भयो । किर्डाक नेपाल संस्थाले आफनो वडामा बालबालिका,किसोर किसोरी समुदायको लागि शुसुचित गराएको बताउदै आफुले भगवानरुपि संस्था भन्न रुचाउने बताउनु भयो । आगमि दिनमा पनि यस्तै सहकार्य हुने अध्यक्ष्य जि सीले बताउनु भयो ।

समुदायका किसानको लागि कसरी ब्यवसाहि बन्न सकिन्छ। आफुले उत्पादन गरेका बस्तुको उचित मुल्य पाउन कसरी सकिन्छ। भन्ने तालिमको मुख्य उद्धेश्य रहेको किर्डाक नेपालका जिल्ला संयोजक कृष्न रावलले बताउनु भयो । बाख्रा पालनको लागि मौसम, दाना, औषधि उपचार कसरी गर्न भन्ने विषयमा रहेर तालिम दिएको शिवराज नगरपालिका पशुसेवाशाखा प्रमुख थानेश्वर खनालले बताउनु भयो ।३० जना सहभागि मध्ये २सय ८६ओटा बाख्राको लागि नि शुल्क औषधि वितरण गरेको शिवराज नगर नायव पशु स्वास्थ्य प्राविधिक अब्दुल उमर मुसलमान बताउनु भयो ।सहभागिले तालिमबाट धेरै कुरा सिकेको बताएका थिए ।

सम्मापन्न कार्यक्रममा शिवराज नगरपालिका कार्यपालिका सदस्य लक्ष्मि हमाल टिका कामी,वडा सदस्य रामलिले थारु,किर्डाक नेपालका कार्यक्रम अधिकृत शिरी बहादुर भन्डारी र राजेश चौधरीको पनि सहभागिता रहेको थियो ।