शिवराजमा सरसफाई कर्मीहरुलाई सुरक्षा सामाग्री वितरण
चन्द्रौटा । शिवराज नगरपालिकाको चन्द्रौटा बजार सरसफाई गर्ने सरसफाई कर्मीहरुको सुरक्षाका लागि शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी तथा शिक्षा तथा युवा खेलकुद शाखा अधिकृत पुर्ण बहादुर विश्वकर्माले संयुक्तरुपमा सरसफाई कर्मीहरुलाई सुरक्षा सामाग्री वितरण गरेका हुन् ।

सरसफाई कर्मीहरुलाई एक जोर जुता, दुई जोर पन्ञा, हेल्मेट र सेफटी सामाग्री वितरण गरिएको जिन्सी शाखा प्रमुख विष्णु अधिकारीले बताए । शिवराज नगरपालिका नगरप्रमुख अधिकारीले सुरक्षित भई आफनो दैनिक कार्यलाई संचालन गर्न सामाग्री वितरण गरिएको बताए । दैनिक रुपमा नगर सरसफाई गर्ने सफाईकर्मीहरुलाई आफु सुरक्षित भई काम गर्न अधिकारीले आग्रह गरे ।
नगरपालिकाले पहिलो पटक सामाग्री वितरण गरेको र आगामी दिनहरुमा ठेकेदार पक्षले सो सामाग्री उपलब्ध गराउने गरि समझौता गरिने बताए । ठेकादार पक्षले सरसफाई कर्मीहरुलाई काममा लगाई सकेपछि सामाग्री उपलब्ध गराउनु पर्ने र स्वयम सफाईकर्मीहरुले सामाग्री मागनु पर्ने बताए ।
नगरपालिकाले सुरक्षा सामाग्री उपलब्ध गराएकोमा सफाईकर्मी कृष्ण कामीले आफुहरुको सुरक्षाका लागि नगरपालिकाले उपलब्ध गराएको सामाग्री प्राप्त गरेपछि लाई खुसि लागेको बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























