शनिवार रात्री शिवराज नगरपालिकाको पाँच घरमा शृङ्खलाबद्ध चोरीको घटनाले शिवराज नगरपालिका नगरवासीहरुले असुरक्षित महसुश गर्ना थालेका छन् । एक दिनमा शिवराज नगरपालिकमको पाँच घरमा भएको चोरीलाई रहसमय तरिकाले लिएको व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले बताए । चाड पर्वको बेलामा यस क्षेत्रमा प्रहरी गस्ती कम भएको र सुरक्षामा प्रहरी चनाखो हुनु पर्ने पोखरेलले बताए ।

शिवराज नगरपालिकको वडा न ५ मा रहेको मदरलेण्ड टोलमा कोठा लिएर बस्दै आएको सामुदायिक रेडियो भ्वाइसकी स्टेशन म्यानेजर गिता पौडेलको कोठामा शनिवार रात्री ४० हजार नगद सहित लु ५६ प १७२० न. को बाइक चोरी भएको छ । पौडेल परिवार सहित दशै मनाउन प्युठान गएको बेला चोरी भएको बताइन् ।

यसै गरि टेकलाल पौडेलको नगद सहित गरगहना, पौडेलको घरमा भाडामा बस्दै आएको स्कुटर र  घरमा जिन्सी अन्य २ घरबाट जिन्सी लगाएतका सामानहरु गए राति चोरी भएको छ ।

वडा प्रहरी कार्यलय चन्द्रौटाले खोजिकार्य जारी रहेको बताएको छ । प्रहरी टोली चोरी भएको स्थानमा गई प्रहरी मुचुल्का उठाए पनि विस्तरित विवरण नदिएको स्थानिय संचारकर्मीले गुनासो गरेका छन् । पटक,पटक प्रहरीलाई फोन गरेपनि फोन रिसिब नगर्के बताइन् ।

यता वडा प्रहरी कार्यालयका प्रमुख शंकर आचर्यले अनुसन्धान भइरहेको बताए । चोरीका सामान र चोरलाई छिटै पता लगाउने पनि आचार्यले बताए । आचार्यले चाड पर्वको बेलामा यस्ता घटना बढि मात्रमा हुने भएकाले सावधानि अपनाउनु पर्ने बताउदै घटनालाई हल्का रुपमा लिएको पत्रकार पौडेलले गुनासो गरिन् ।