Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

झाडापखाला प्रभावित स्थानमा बिरामी घट्दै, निको हुनेको दर बढ्दै


झाडापखाला प्रभावित स्थानमा बिरामी घट्दै, निको हुनेको दर बढ्दै

चन्द्रौटा,कपिलवस्तु । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान (हुर्फान) कपिलवस्तुको टोली स्वास्थ्य सामग्रीसहित झाडापखाला प्रभावित स्थानमा पुगेको छ । प्रतिष्ठानका जिल्ला अध्यक्ष विष्णु प्रसाद खतिवडा नेतृत्वको टोली कृष्णनगर नगरपालिका ९, बहादुरगञ्जस्थित नेपालकै दोस्रो पुरानो शिवराज अस्पतालको अनुगमन गरेको हो ।

विगत पाँच दिनदेखि त्यस क्षेत्रमा झाडापखाला फैलिएर अस्पतालमा उपचाररत विरामीहरुको अवस्थाबारे बुझ्न हुर्फान कपिलवस्तुको टोली त्यहाँको स्थलगत अनुगमन गरेको हो । त्यहाँ पुगेको हुर्फान टोलीले कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह र अस्पतालका प्रमुख डा. मुकेश कुमार चौधरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । टोलीले १८ पेटी पानी, ५सय १० पाकेट जीवनजल र ३सय पिस माक्स हस्तान्तरण गरेको हुर्फान अध्यक्ष विष्णुप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

अस्पतालको अनुगमन गर्दै हुर्फान कपिलवस्तु अध्यक्ष खतिवडाले विरामीहरुको ज्यान बचाउन स्वास्थ्यकर्मीले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । साथै खानपान र स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन समेत उहाँले आग्रह गर्नुभयो । टोलीसँगै हुर्फान केन्द्रिय परिसद सदस्य भूमिराज भट्टराई, जिल्ला सहसचिव भक्ति पौडेल, सक्रिय सदस्य लेखनाथ घर्ती, अनिता आचार्य भुसाल, अकोराब लुम्बिनी प्रदेश सदस्य एवं रेडियो भ्वाइसका अध्यक्ष शरद अधिकारीको सहभागिता थियो ।

यता अस्पतालका डा. मुकेश कुमार चौधरीले अहिले झाडापखालाका प्रभाव न्यून हुँदै गएको जानकारी दिनुभयो । दुई तीन दिनसम्म उपचारमा निकै समस्या झेल्नुपरेको सुनाउँदै अहिले निको हुनेको संख्यामा वृद्धि भएको बताउनुभयो । डा. चौधरीका अनुसार ४सय ६१ जना विरामी भएकोमा ३सय ६६ जना निको भई घर फर्किसकेका छन् । उपचाररत बिरामीमध्ये ३७ जना रेफर भएका छन् भने ८जना जटिल, ४० जना मध्यम र १० जना सामान्य रहेका छन् । “आज मात्र ३१ जना थप बिरामी भर्ना भएका छन्” –डा. चौधरीले भन्नुभयो । पानीमा मलमुत्रमा पाइने किटाणु फैलिएका कारण झाडापखाला फैलिएको डा. चौधरीको भनाई छ ।

यस्तो महामारीको बेला हुर्फानले गरेको सानो सहयोगप्रति कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले धन्यबाद दिनुभयो । मानवीय सेवामा हुर्फानले गरेको सानो सहयोग बिरामीका लागि अमूल्य रहेको नगरप्रमुख शाहले बताउनुभयो । अहिले प्रकोपमा निकै कमी आएको बताउँदै नगरप्रमुख शाहले यसलाई नियन्त्रणमा ल्याउन हरेक क्षेत्रबाट भएको सहयोग अतुलनीय रहेको भन्दै सहयोगी मनहरुप्रति आभारी रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

दस केजी चरेस सहित दुई जना पक्राउ

दस केजी चरेस सहित दुई जना पक्राउ

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराज नगरपालिका एक्सनमा

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

चन्द्राैटामा ‘द केक स्टेशन’ सञ्चालनमा

चन्द्राैटामा ‘द केक स्टेशन’ सञ्चालनमा

ताजा समाचार

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

दस केजी चरेस सहित दुई जना पक्राउ

दस केजी चरेस सहित दुई जना पक्राउ

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराज नगरपालिका एक्सनमा

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline