संजीव गहतराज,कपिलवस्तु । सम्पुर्ण उत्पीडित दलित एक हौ भन्ने मुल नारा सहित नेपाल उत्पीडित जातिय मुक्ति समाज शिवराज नगरपालिका ९ नम्बर वडाको वडा भेला सम्पन्न भएको छ । नेकपा ऐमाले निकट दलित सुमदायहरुको भातृ संगठन शिवराज नगरपालिका वड नं.९ को भेलाले यम बहादुर वि.क.को अध्यक्षतामा १५ सदस्य नेपाल उत्पीडित जातीय मुक्ति समाज वडा कमिटि गठन गरेको छ ।
त्यस्तै उपाध्यक्ष सुनिता सुनार, सचिव सुमित्रा सुनार नेपाली, सह संकर सुनार, कोषाध्यक्ष चित्र बहादुर सुनार, सदस्यहरु प्रकाश सुनार, सुमित्रा सुनार (क), सिता वि.क, तेज बहादुर सुनार, सुभास सुनार, दुर्गा वि.क, प्रकास वि.क, सुक विर सुनार, मुगा वि.क र लोक बहादुर सुनार चयन गरिएको छ । ६ सदस्य पहिलो बैठकमा मनोनित गरिने बताइएको छ ।
कार्यक्रममा बोल्दै वर्ग संघर्षले मात्र जातीय छुवाुत अन्त नहुने बताउदै वर्ग संघर्ष र जात ब्यवस्थालाई संग संगै लागनु पर्ने कार्यक्रमका प्रमुख अतिथि नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बनी प्रदेश सचिव चन्द्र बहादुर गहतराजले बताउनु भयो । समाजमा रहेको रुढीवादी प्रम्परा जातीय छुवाछुतको अन्तका लागि स्थानीय सरकार देखि प्रदेश, केन्द्र सरकार सम्म नेकपा ऐमाले विजयी बनाउनपर्नेमा नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बनी प्रदेश सचिव गहतराजले जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै समाजमा यस्ता रुढीवादी अन्धविश्वास प्रम्परा र संस्कारहरुलाई जरैबाट उखलेर फाल्नु पर्ने नेकपा ऐमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा शिवराज नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो ।
सामाजिक अन्धविश्वास, रुढिवादी प्रम्परालाई हटाउने भनेको शिक्षाको ज्योति भएकोले सबैले अनिवार्य छोराछोरीहरुलाई पढाउनु पर्नेमा नेकपा ऐमाले जिल्ला कमिटि सदस्य तथा शिवराज नगर अध्यक्ष जगत पौडेल, नेकपा ऐमाले कपिलवस्तु जिल्ला कमिटि सदस्य महादेव पोखे्रल, राम प्रसाद पौडेल, दोण अधिकार, प्रमोद सुवेदी, नेकपा ऐमाले वडा नं ९ वडा कमिटि अध्यक्ष अशोक मल्ल जोड दिनुभयो ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज वड नं ९ ईन्चाज पुर्ण बहादुर सुनारको अध्यक्षता र नेकपा ऐमाले शिवराज नगर सचिव निशा वि.कले संचालन गर्नुभएको थियो ।