Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

एमाले अर्घाखाँचीले भदौ २९ मा कार्यकर्ता बृहत भेला गर्ने


एमाले अर्घाखाँचीले भदौ २९ मा कार्यकर्ता बृहत भेला गर्ने

 शोभाखर पन्थी अर्घाखाँची ।  नेकपा एमाले अर्घाखाँचीले भदौ २९ गते सदरमुकाम सन्धिखर्कमा बृहत कार्यकर्ता भेला गर्ने भएको छ । एमालेले पछिल्लो राजनीतिक घट्नाक्रम बारे जानकारी दिने उद्देश्यले कार्यकर्ता भेला गर्ने तयारी गरेको हो । एमाले जिल्ला कार्यालयको सन्धिखर्कमा सम्पन्न बिस्तारित बैठकले भेला तयारीको निम्ति विभिन्न निर्णयहरु समेत गरेको छ ।

 

भेलामा एमाले जिल्ला कमिटीका सदस्य ,जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य ,पालिका कमिटीका सदस्य ,जनवर्गीय संगठनका जिल्ला सदस्य ,पालिका कमिटीका पदाधिकारी समेत करीब १ हजार कार्यकर्ताको सहभागीता रहने जनाएको छ । बैठकले पार्टी बिभाजनकारी स्वार्थी समुह बाट सचेत रहन कार्यकर्तालाई आग्रह गर्दै वैदेशिक शक्ति केन्द्रको ईसारामा माधव नेपालले ईश्या,कुण्ठा पालेका तथा प्रतिशोधको भावनाले ओतप्रोत भएका अप्सरवादी स्वार्थीहरुको झुन्ड तयार गरि कम्युनिस्ट आन्दोलन माथी गम्भीर घात गरेको भन्दै बिभाजन कारीहरुको बैचारिक रुपमा प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।

साथै बैठकले भुलबस वाटो बिराएरकाहरुलाई मुल पार्टीमा फर्कन आवह्वान गर्दै पार्टीमा फर्कनु हुने कमरेड हरुलाई निसंकोच जिम्मेवारी दिने निर्णय गरेको जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो । बैठकले यहि भदौ ३१ गते जिल्लाका सबै पालिकामा एकसाथ बैठक गर्ने ,असौज ५ गते भित्र वडा कमिटीका बैठक सम्पन्न गर्ने,असौज ५ गते सम्म जिल्ला जनसंगठनका बैठक सम्पन्न गर्ने,असौज १० गते सम्म जनवर्गीय संगठनको पालिका स्तरका बैठक सम्पन्न गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले पार्टी बिरोधि गतिविधिमा लागेको भन्दै पाणिनिका बावुराम घिमिरे (भुवन) र लक्ष्मी गौतम लाई पार्टीको साधारण सदस्य समेत नरहनेगरि निश्काशित गर्नुका साथै पाणिनि गाउँपालिका कमिटीको अध्यक्षमा कमल घिमिरे र ईन्चार्जमा रुद्र पोख्रेल लाई चयन गरेको छ ।

बैठकले कार्यकर्ता भेलाको मञ्च व्यवस्थापन तथा झण्डा,व्यानर लगायतको कामको निम्ति जिल्ला कमिटी सचिव तोजबहादुर रायमाझी र उपसचिव प्रेमनारायण गैरे लाई जिम्मेवारी दिएको छ । बैठकमा यस अघि माधव कुमार नेपाल समुहमा सक्रिय रहँदै आउनु भएका जिल्ला उपसचिव प्रेमनारायण गैरे,जिल्ला सचिवालय सदस्य भविश्वर पाण्डे ,सरोज भुसाल लगायतको समेत उपस्थिती रहेको थियो । बैठकमा मन्तव्य राख्दै नेकपा एमाले स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले नेपाली कम्युनिस्ट आन्दोलनको मुलप्रवाह नेकपा एमाले भएको भन्दै उच्च मनोबलका साथ पार्टी काममा जुट्न कार्यकर्तालाई अग्रह गर्नुभयो ।

उहाँले प्रचण्ड र माधव समुहको कुनै भविष्य नभएको भन्दै गठबन्धनको हैवा पिटेर सिमित कार्यकर्ता जोगाउने बाहेक अर्को कुनै उपाय नभएको बताउनुभयो । नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता ,उपाध्यक्ष जिवनारायण कोईरालाको स्वागत मन्तव्य र सचिव तोजबहादुर रायमाझीको संचालनमा सम्पन्न कार्यक्रममा पालिका कमिटीका अध्यक्षहरुले पालिकाको रिपोर्ट प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सचिवालय सदस्य द्वय रामजी प्रसाद घिमिरे र नरेन्द्र कुमार क्षेत्री ,प्रदेश कमिटीका सदस्य कुटमदिन अलि, जनार्दन खनाल , जिल्ला उपसचिव प्रेमनारायण गैरे लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline