दिपक खड्का,चन्द्रौटा,कपिलवस्तु ।

गत स्थानिय निर्वाचनमा शिवराज न.पा. ८ बाट कार्यपालिका सदस्यमा नेकपा एमालेको तर्फ बाट निर्वाचित निर्मला सुनारले प्रेस विज्ञेप्ती जारी गर्दे आफु नेकपा एमालेमा रहेको जानकारी कपुरी अनलाइन मार्फत सबै शुभ चिन्तकलाई दिएको बताईन्

के. पी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपा एमालेले राम्रो माम गरेको बताइन् । नेकपा एमालेको शिवराज नगर कमिटिमा  सचिवालय सदस्य भएर लामो समय सम्म काम गरेको हुनाले नेकपा एमाले मै रहने जानकारी गराइन् ।

उनले विगत लामो समय देखि नेकपा -एमाले_ मा रही त्यसको विचार मूल्य मान्यता र सिध्दान्तलाई अंगिकार गरी प्रतिवद्ध गरिरहेकोमा पार्टी विभाजनमा लागेका व्यत्तिहरुले म बेग्लै सन्दर्भमा तौलिहवा गएको बेला निर्वाचन कार्यालयमा काम छ  भनी २ जनाले  लगेको र परिवन्दमा पारी केही कागजमा हस्ताक्षर गराएका हुन । सुनारले आफु घरमा आइसके पछि एकाएक विभिन्न समाचार माध्यममा नेकपा (एमाले) छोडी नेकपा एकीकृत समाजवादी पार्टीमा गएको भन्ने समाचार प्रकाशित गरे पछि त्सय विषय प्रति गम्भीर ध्यानकार्षण भएको बताइन् ।

म पार्टी विभाजनको पक्षमा नलागी नेकपा -एमाले  मै रहेकोले सो कार्यको घोर भत्सर्ना गर्दै सो प्रयोजनका लागि हस्ताक्षर नभएको यस विज्ञप्ती मार्फत जानकारी गराएको बतइन् ।

MVI_0366  भिडियो हेर्ना यहा click गर्नु होस