शिवराज नगरपालिकामा नगर स्तरिय राष्ट्रिय युवा संघ नेपाल विष्णु हमालको नेतृत्वमा गठन ।

चन्द्रौटा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) शिवराज नगरपालिका स्तरिय राष्ट्रीय युवा संघ नेपालको भेलाले विष्णु हमलको नेतृत्वमा युवा संघ गठन भएको छ । स्तरिय राष्ट्रीय युवा संघ नेपाल शिवराजको आयोजनामा आज विष्णु हमालको नेतृत्वमा राष्ट्रिय युवा संघ नेपालको ४५ सदस्यीय चयन गरि एको र १० जना मनोनित गर्ने गरि कमिटी गठन गरेको आयोजकले जनाएको छ।
युवा संघ वडा कमिटी गठन एवं सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथी स्तरिय राष्ट्रीय युवा संघ नेपाल केन्द्रीय कमेटि सचिव तुल बहादुर अधिकारी विशिष्ट अतिथि नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष झविलाल पोखरेल रहेका थिए।
अतिथिमा वाणगंगाका उप मेयर चक्रपाणी अर्याल,शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी नेकपा एमाले सचिवालय सदस्य चन्द्र बहादुर गहतराज लुम्बनी प्रदेश सभा सदस्य अर्जुन कुमार के.सीलेखा आयोजका सदस्य तेजेन्द्र बहादुर पाण्डे लगायत कार्यक्रममा उपस्थिति रहेकाे राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका संयोजक विकास कुवँरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





















