शिवराज चन्द्रौटा । कपिलवस्तुकाे महाराजगन्ज नगरपालिकाले वडा नं २ करहवा लगायत ७ गाउँ मा रहेका इनारमा १२ लाख खर्च गरेर निर्माण गरेको इनारकाे ढक्कन २ महिना नहुदै भत्किन लागेको छ ।
महाराजगन्ज नगरपालिका भित्र काे पल्टा , करहवा , गनवरिया ,सानाे गैडहवा, ठुलो गैडहवा , सानाे उनवलिया र ठुलो उनवलिया गाउँहरु मा १२ लाख काे बजेटमा इनारकाे संरक्षण गर्ने काे लागि ढक्कन निर्माण गरेको हाे ।
जस मध्ये करहवा गाउ मा ढक्कन निर्माण भएको २ महिना नहुदै फुट्न लागेको छ । ढक्कन निर्माण गर्दा गुणस्तरहीन सामग्रीकाे प्रयाेग र सिमेन्ट पनि कम प्रयोग भएको कारणले भत्किन लागेको स्थानीयले बताएका छन ।
ढक्कन निर्माण हुदा कमसल सामग्रीकाे प्रयोग गर्दा स्थानीयले विरोध गरे पनि जनप्रतिनिधिले बेवास्ता गरेको स्थानीय बासीकाे गुनासो रहेको छ । इनार काे ढक्कन निर्माण का उपभोक्ता समिति का अध्यक्ष अरुन कुर्मी का अनुसार निर्माण भएको ढक्कन गुणस्तरहीन रहेको कुरा स्वीकार गरेका छन ।