चन्द्रौटा । शिवराज नगरपालिकाले मेडप र मेडपाले गठन गरेको लघु उद्यम विकास कार्यक्रम र गरीवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम गठन गरेको उद्यमीहरुले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमले शिवराज भित्र रहेका उद्यमी समुहलाई शिवराज नगरपालिका उपमेयर शिवकुमारी थारुले डोरी बनाउने मेसीन हस्तान्तरण गरिन् ।

अति विपन्न परिवारका सदस्यहरुलाई सामाग्री वितरण गरिएको कार्यक्रमका संयोजक विजय सापकोटाले बताए । अति विपन्न परिवारका सदस्यहरुलाई लक्षित गरि सामग्री वितरण गरिएको सापकोटाले बताए । कोभिडका कारण आर्थिक अवस्था झनै कमजोर भएको बेला शिवराज नगरपालिकाले सहयोग प्रदान गरेको र  सामाग्रीबाट व्यवसाय गरेरआर्थिक आयआर्जनमा सजिलो हुने समुहका सदस्यहरुले बताए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा आफनो भनाई राख्दै शिवराज नगरपालिका उपमेयर थारुले जिविकोपार्जनका लागि समुहरुले स्थानिय स्तर वाट प्राप्त उपलब्ध हुने सामाग्री र वस्तुहरुको सदुप्रयोग गरि आयआर्जन गर्नु राम्रो पक्ष भएको र नगरपालिका वाट थप सहयोग उपलब्ध गराईने बताइन् ।

शिवराजमा गठन भएका श्रृजनशील लघु उद्यम समुह,जागृती लघु उद्यम समुह र शिवगढी लघु उद्यम समुहलाई २ वटा को दरले ६ वटा वावियो डोरी मेसिन हस्तान्तरण गरिएको हो । कार्यक्रममा सलेन्द्र सिहं राजमाझी लगाएताका उपस्थिति रहेको थियो ।