Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

 शिवराजद्वारा बाल विकास केन्द्रलाई सिकाइ खेल सामग्री ।


 शिवराजद्वारा बाल विकास केन्द्रलाई सिकाइ खेल सामग्री ।

कमल बिष्ट / सिताराम चौधरी चन्द्रौटा (कपिलवस्तु), १६ असार । कपिलवस्तुको शिवराज नगरपालिकाले नगरक्षेत्रभित्रका १२ विद्यालयका बालविकास केन्द्रलाई सिकाइ तथा खेल सामग्री प्रदान गरेको छ ।

विविध किसिमका खेल तथा मनोरञ्जनात्मक क्रियाकलापको माध्यमबाट बालविकास केन्द्रमा अध्ययनरत सम्पूर्ण बालबालिकाको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउन नगरले सिकाइ खेल सामग्री विद्यालयलाई हस्तान्तरण गरेको हो । नगरप्रमुख नेत्रराज अधिकारी, शिक्षा शाखा प्रमुख उपसचिव लोकराज पन्थी, शाखा अधिकृत पूर्ण बहादुर विश्वकर्मा, कार्यपालिका सदस्य एवं सामाजिक संयोजक चन्द्रबहादुर गहतराज, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका विजय सापकोटासहितको टोली विभिन्न विद्यालयमा पुगी सामग्री जिम्मा लगाएको बताइएको छ ।

शिक्षाको जग नै प्रारम्भिक सिकाइ सीप भएकाले पूर्व प्राथमिक कक्षा अथवा प्रारम्भिक बालविकासलाई लक्षित गरी सिकाइ तथा खेल सामग्री प्रदान गरिएको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले जानकारी दिनुभयो । सामग्रीले बालबालिकाको शारीरिक, मानसिक, सम्बेगात्मक, बौद्धिक, भाषिक विकासका साथै सामाजिक र सांस्कृतिक विकासमा समेत ठूलो टेवा पुग्ने उपसचिव पन्थीले विश्वास व्यक्त गर्नुभयो । कूल ६२ बालविकास केन्द्र रहेको शिवराजमा यस वर्ष १२ बालविकास केन्द्रलाई सिकाइ तथा खेल सामग्री वितरण गरिएको शिक्षा शाखा अधिकृत पूर्ण बहादुर विश्वकर्माले बताउनुभयो । उहाँले मुख्यमन्त्री ग्रामीण विकास अन्तर्गत ८ विद्यालय र बाँकी ४ विद्यालयलाई नगरपालिकाको बजेटबाट सामग्री खरीद गरी प्रदान गरिएको बताउनुभयो । सामग्रीहरुमा स्मार्ट टेलिभिजन, पिङ, ढिकीच्याउँ, विभिन्न किसिमका पजल गेम लगायत रहेका छन् ।

प्रति दिन एक सामग्रीबाट सिकाइ गर्दा करीब २ सय दिनसम्म सिकाउन सकिने सामग्री रहेका छन् उहाँले भन्नुभयो । सामग्री वितरणका लागि शिवराज १० इस्लामनगरस्थित किशोर आदर्श सामुदायिक आधारभूत विद्यालय पुग्नुभएका नगरप्रमुख नेत्रराज अधिकारीले सामग्रीको सही सदुपयोग गर्न सुझाव दिनुभयो । उहाँले बालविकासमा अध्ययनरत हरेक बालबालिकाहरुले सामग्रीको प्रयोगबाट सिकाइ सीप अभिवृद्धिमा परिवर्तन आउने गरी सहजीकरण गर्न निर्देशन दिनुभयो । नगरभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा आमूल परिवर्तन ल्याउन शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता राखेको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ : सांसद भण्डारी

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ : सांसद भण्डारी

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने

कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline