शिवराज नगरपालिका वडा न ८ ले स्वास्थ्य स्वयम सेवकाहरुलाई दराज वितरण गरिएको विसनपुर स्वास्थ्य चौकीका प्रमुख प्रकाश पोखरेलले बताए । लामो समय सम्म स्वास्थ्य क्षेत्रमा सहयोग गर्दे आइरहेका स्वस्यम सेविकाहरुलाई वडा न ८ ले गरेको सहयोगले थप काम गर्ने होशला भएको स्वास्थ्य स्वयम सेविका अरुणा वि. क ले बताइन् ।
न्यून सेवा सुविधा लिएर गाउँघरमा सेवा गरिरहेका महिला स्वास्थ्य स्वयमसेविकालाई वडाले प्रदान गर्दे आइरहेको स्वास्थ्य सेवामा थप योगदान पुगने विश्वासका साथ दराज वितरण गरिएको शिवराज नगरपालिका वडा न ८ का वडा अध्यक्ष शंकर यादवले बताए । यादवले महिला स्वास्थ्य स्वयम सेविकाहरुले गरेको कामको प्रशंसा गर्दे आगामी दिनहरुमा वडाले यस्ते रचनात्मक सहयोग दिने बाचा गरे ।
दराज प्राप्त गरेपछि धेरै पटक आफुहरुले सहयोगको अपेक्षा गरेपनि यस पटक वडाले गरेको सहयोग प्रति खुसि महसुस भएको वडा न ८ महिला स्वयम सेविका संजालकी अध्यक्ष निर्मला गुप्ताले बताईन् ।
विशेष गरि बालबालिका र गर्भवती महिलाहरुको स्वास्थ्य सम्बन्धीत जनचेतना र नेपल सरकारले स्वास्थ्य वियषका अभियानहरुमा जनतालाई सेवा प्रदान गर्दे आएका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई समय समयमा तालिम र गाँउघरमा काम सम्पादन गर्न यस्ते सहयोग हुने सामाग्री प्रदान गरिने वडा अध्यक्ष यादवले बताए ।
दराज वितरण कार्यक्रममा वडा सचिव छठिराम यादव,स्वास्थ्य कर्मी सारा भट्टराईल महिला स्वास्थ्य स्वयमसेविकाले समाजमा पुर्याएको योगदानको खुले चर्चा गरेका थिए ।