चन्द्रौटा,कपिलवस्तु।शिवराज नगरपालिका वडा न २ मा हाजरी जवाब प्रतियोगिता सम्पन्न भएको छ । बालापुर सान संजालका अध्यक्ष गया प्रसाद थारुको अध्यक्षतामा संचालन गरिएको प्रतियोगितामा शिवराज नगरपालिका वडा न २ का वडा अध्यक्ष राम बहादुर चौधरीको विशिष्ट आतिथित्यतामा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा एकता किशोरी संवाद केन्द्रकी लक्ष्मी थारु,नितु थारु र नन्दलाल थारु पहिलो स्थान मिलिजुली संवाद केन्द्रका प्रभा थारु र राजु थारु दोस्रो स्थान र अमृता थारु,सरिता थारु र सोनम थारु तेस्रो भएको किडाक नेपालका विनोद केवटले बताए । कार्यक्रमको सहजीकरण किडाक नेपाल र आयोजक लापुर संजाल रहेको आयोजकले जनाएको छ ।