चन्द्रौटा,कपिलवस्तु । शिवराज नगरपालिकाका वडा अध्यक्ष जगत बहादुर जि.सी अहिले आफनो वडामा रहेका संक्रमितको घर दैलोमा पुग्गेका छन् । शिवराज नगरपालिका वडा न १ मा रहेको शिवपुर स्वास्थ्य चौकीका इन्चार्ज तथा सि अ.हे.वा लेखनाथ पौडेल संग संक्रमित भएका व्यक्तिहरुको घर आगनमा पुगेका हुन् ।
कोबिड १९ दोस्रो लहरमा संक्रमित भित्र सुलौलो हजार दिनका गर्भवती महिला,स्वास्थ्यकर्मी,ज्येष्ठ नागरिक,नगर उपप्रमुख,स्वकिय सचिव, ड्राइभर र अन्य उमेर समुहका व्यक्तिहरुलाई आवश्यक स्वास्थ्य परामर्श खानपान बारे उचित सल्लाह सरसफाई बारे उचित परामर्श सेवा प्रदान गरिएको वडा न १ का वडा अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष जि.सीले बताए ।
वडामा भएका गाँउ बेलौती,बलुहवा डाडा,शिवपुर,माँझगाउ,महुवाबारी,बनकट्टा,सोनपुर,कलौनी डाडा, कलौनी डाडामा रहेका संक्रमित व्यक्तिहरुलाई आवश्यक सुरक्षा सामाग्री (कीट) तथा औषधी वितरण गरिएको स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलले बताए । शिवराज नगरपालिका वडा न १ मा ४८ जना होम आईसोलेसनमा रहेका १० जना निको भएका र १ जना चितवन मेडिकल कलेजमा उपचार भईरहेको पौडेलले बताए ।