चन्द्रौटा । शिवराज नगरपालिकाको वडा ३ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत शिवपुर जंगल भित्र वाट सिचाईका लागि निकालिएको कुलो मर्मत तथा वाटो निर्माणको काम भई रहेको र उक्त कुलो वाट १०० विगाह जमिन सिचाई हुने वडा सदस्य श्यामलाल चौधरीले बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न परिवारका सदस्यहरुलाई १०० दिनको रोजगार दिने लक्ष्य रहेको रोजगार कार्यक्रमका संयोजक फर्शुराम घिमिरेले बताए । शिवराज नगरपालिका भित्र प्रधानमन्त्री रोजगार कार्यक्रमले वाटो निर्माण,सिचाईका लागि कुलो नहर तथा पर्यटिकय पदमार्ग निर्माण लगायतका आयोजना सम्पन्न गरिने योजना रहेको घिमिरे बताए । योजना निर्माण सम्पन्न गर्न १ करोड ४४ लाख रकम खर्च हुने अनुमान गरिएको र सबैकाम हरुको समझौता समेत भई सकेको र काम अगाडी बढि रहेको प्रावधिक सहायक हिमाल पुरीले बताए ।
नेपाल सरकारले उपल्बध गराएको रु ५१७ रुपैयामा १ प्रतिशत करकट्टा गरि रु ५१० रुपैया काम गरे वापत बैंक मार्फत भुक्तानि गरिने घिमिरेले बताए । शिवराज नगरपालिका भित्र १०६८ जनाले रोजगारका लागि सुचिकृत भएका छन् । सुचिकृत भएकाहरु मध्य ५३९ जना पुरुष र ५२७ जना महिला रहेका छन् । शिवराज नगरपालिकाको ११ वटा वडाका लागि योजनाहरु छनोट भई कामहरु अगाडी बढेको र ५ वटा उजनाहरु समेत सम्पन्न भएको घिमिरेले बताए ।
कार्यक्रमा शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारी राज्यले ल्याएको योजना साकार गर्नु पर्ने हामी सबैको दायित्व रहेको बताए । शिवराज नगरपालिकाले रोजगार कार्यक्रम अन्तर्गत कुलो, नहर वाटो मर्मतका कामहरु अगाडी बढाएको बताए । भविष्यमा विपन्न परिवारलाई ३६५ दिन रोजगार संग जोडिने सम्भावना रहेको र बेरोजगारहरुले आफनो देशमा रोजगार पाउने वातावरण बन्दै गएको अधिकारीले बताए । शिवराज नगरपालिकले अहिले सम्म ३ हजार ६ सय १८ दिन रोजगार दिएको र हाल सम्म ४२० जना रोजगारमा सहभागी रहेको अधिकारीले बताए ।