साविकको शिवपुर गाविसा वडा न ५ हाल शिवराज नगरपालिका वडा न ५ मा रहेको हरहट्टि गाँउमा रात्रिको समयमा स्थानिय विश्वनाथ यादवको गोली हानी फरार रहेको अभियुक्त १२ वर्ष पछि पक्राउ परेको छ ।
कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक अभियुक्तलाई कपिलवस्तु प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ परेका शिवराज नगरपालिका ७ जवभारी (साविक जवाभारी गाविस २) का ४० वर्षीय असलम मुसलमानलाई पक्राउ गरी अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक धर्मराज भण्डारीले बताए ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु वाट खटिएको टोलीले मुसलमानलाई कपिलवस्तुको यशोधरा गाउँपालिका ७ मर्यादपुर वाट पक्राउ गरिएको थियो । बिहीवार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पत्रकार सम्मेलन गरी पक्राउ परेका मुसलमानलाई सार्वजनिक गरेको थियो ।
कपिलवस्तुको साविक शिवपुर गाविस वडा ५ का ४२ वर्षीय विश्वनाथ यादवलाई २०६५ साल साउन १४ गते मुसलमान सहित केहि व्यक्तिहरुले सल्लाह गर्न छ, भनी घरदेखि पूर्व वाटोको चोकमा लगी घाटी र दाहिने छातीमा गोली हानि हत्या गरेको प्रहरीले जनाएको छ ।२०६९ साल जेठ २ गते जिल्ला अदालतले अभियुक्त मुसलमानलाई सर्वस्वसहित जन्मकैदको ठहर गरेको थियो ।