शिवराज ।कुष्ठरोग प्रभावितहरुका लागी व्यवसाय छनोट सम्बन्धि ३ दिने तालिम आज समापन भएको छ । शिवराज नगरपालिकाको सहयोग र सामुदायिक रेडियो भ्वाईसको आयोजनामा शिवराज नगरपालिका वडा नं ९ शिवगढिमा तालिम समापन भएको हो । कार्यक्रमका प्रमुख अतिथि शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले यस्ता तालिमले गर्दा रोगबाट प्रभावित वर्गले पनि घरमै बसेर आपनो जिवन निवाहको लागी व्यवसाय सञ्चालन गर्न सक्ने बताउनु भयो । ३ दिनको तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न र व्यवसाय सुरुवात गर्न पनि उप प्रमुख थारुले आग्रह गर्नुभयो ।
कार्यक्रममा सामुदायिक रेडियो भ्वाईसका अध्यक्ष सरद अधिकारीले रोगसगँ प्रभावित वर्गका लागी जिविका पार्जनको लागी यो तालिम फलदायी हुने बताउनु भयो । तालिम लिदैमा जिवन परीर्वतन हुने नभएर व्यवहारमा प्रयोग गरेमा व्यवसायी बन्न सकिने बताउनु भयो । व्यवसायि सफल हुनु भनेको नगरपालिका सम्पन्न हुनु र नगर हुदै प्रदेश र यसरीनै देश समृद्धि र सम्पन्न हुने अध्यक्ष अधिकारीले बताउनु भयो ।
तालिमबाट व्यवसाय सुरुवात गर्नुपर्छ भन्ने सोचको विकाश भएको र तालिमलाई व्यवहारमा उतार्ने पनि प्रशिक्षार्थिहरुले बताएका थिए । २२ गते देखि सुरु भएको ३ दिने तालिममा लेखनाथ पौडेलले व्यवसाय छनोट सम्बन्धि सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा शिवराज नगरपालिका वडा नं ९ का कार्यवाहक अध्यक्ष राम गोपाल चौधरी, वडा सचिब प्रेम वलि, शिवगणी स्वास्थ चौकि इन्चार्ज विरेन्द्र मिश्र लगायतको सहभागीता रहेको थियो ।