Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

पेन्सन र अवकाश दुवै सुविधा : आन्तरिक लेखा परिक्षक अधिकृत न्यौपाने ।


पेन्सन र अवकाश दुवै सुविधा : आन्तरिक लेखा परिक्षक अधिकृत  न्यौपाने ।

गोपाल बन्जाडे शिवराज । व्यापार संघ कपिलवस्तुको आयोजनामा व्यापार संघ कपिलवस्तुको सभाहलमा एक दिने छलफल तथा अन्तरिक्रिया सम्पन्न भएको छ । सामाजिक सुरक्षा कोषले शिवराज नगरपालिकाको चन्द्रौटामा योगदानमा आधारित सामाजिक सुरक्षा योजना तथा कोषमा आवद्ध विषयक छलफल कार्यक्रममा आन्तरिक लेखा परिक्षक चिरन्जिवी न्यौपानेले सरकारले ल्याएको योजना बारे प्रस्तुतिकरण गरेका थिए ।

सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले पेन्सन (निवृत्तिभरण) र अवकाश दुवै सुविधा लिन पाउने भएका छन् । यसअघि योगदानकर्ताले पेन्सन वा अवकाशमध्ये एउटा योजना छनोट गर्नुपर्ने बाध्यकारी नियम थियो । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–२०७५ लाई दोस्रो संशोधन गरेपछि श्रमिकले पाउने सुविधा थप फराकिलो बनाइएको हो । ‘वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत पारिश्रमिकको २८.३३ प्रतिशत रकमलाई दुई भागमा वर्गीकरण गरिएको छ ।

त्यसमध्ये पेन्सन योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरिएको छ,’ निर्देशक कृष्ण अधिकारीले  भने, ‘पहिला योगदानकर्ताले यी दुई योजनामध्ये एउटा रोज्नुपर्थ्यो, अब दुवै सुविधा पाउँछन् ।’

पेन्सन बढी पाउनका लागि भाग गर्ने समय पनि घटाइएको उनले जानकारी दिए । ‘६० वर्ष बितेपछि २० प्रतिशत रकम पेन्सनमा आउने भयो । पहिला जम्मा भएकोलाई १८० ले भाग गरेर आउने रकम दिने व्यवस्था थियो भने अब १६० ले भाग गरेर आउने रकम आजीवन पाउँछन्,’ उनले भने । रोजगारदाताका तर्फबाट २० प्रतिशत र श्रमिकका तर्फबाट न्यूनतम तलबको ११ प्रतिशत गरी ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ । योगदानकर्ताले आउँदो असार मसान्तभित्र कोषमा रकम जम्मा गरेमा पेन्सनबापत जम्मा हुने २० प्रतिशत रकमलाई अवकाश सुविधा योजनामा राखिनेछ ।

यो योजनामा राखिएको रकम आफूले चाहेको समयमा पूरा वा सापटीका रूपमा पनि निकाल्न सकिनेछ । ‘जागिरबाट अलग हुनेबित्तिकै योगदानकर्ताले चाहेमा एकमुष्ट रकम झिक्न पाउनेछन् । जागिरमा छँदै भने उसले ८० प्रतिशतसम्म विशेष सापटीका रूपमा निकाल्न पाउनेछ,’ कोषका निर्देशक कृष्ण अधिकारीले  भने, ‘यसअघि ६० वर्षसम्म नपुगेमा झिक्न पाइँदैनथ्यो ।’

यस्तै, योगदानकर्ताले चाहेमा न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणाभन्दा बढी निवृत्तिभरण योजनामा जम्मा हुने सीमाभन्दा धेरै रकम र ६० वर्ष उमेर पुगेका योगदानकर्ताको निवृत्तिभरणअन्तर्गतको रकमसमेत अवकाश सुविधा योजनामा जम्मा हुने व्यवस्था गरिएको छ । सञ्चय कोष र नागरिक लगानी कोषमा ३ लाखसम्म छुट हुन्छ भने कोषमा आउँदा ५ लाखसम्म छुट दिने व्यवस्था गरिएको छ ।

मासिक एक लाख २६ हजार रुपैयाँभन्दा बढी तलब खाने योगदानकर्ताले चाहेमा त्योभन्दा बढी निवृत्तिभारण कोषमा नराखेर अवकाश सुविधा योजनामा राख्न सकिनेछ । औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सुविधाका लागि योग्य हुन जम्मा गर्नुपर्ने योगदान रकम निरन्तर तीन महिना हुनुपर्ने प्रावधानलाई थप स्पष्ट बनाइएको छ । यस्तो सुविधा पाउन एकैपटक तीन महिनाको जम्मा गर्न पाइँदैन ।

निरन्तर योगदान गर्ने श्रमिकले वार्षिक रूपमा औषधोपचारमा २० हजार रुपैयाँ र अस्पतालमै बसेर उपचार गरेमा ८० हजार रुपैयाँसम्मको सुविधा पाउँछन् । अधिकारीका अनुसार व्यवसायजन्य रोगका कारण पूर्णरूपमा अशक्त भएमा न्यूनतम तलबको ३ गुणासम्म पेन्सन दिने सुविधा दिएको छ । यसअघि सरकारले तोकेको आधारभूत न्यूनतम तलबको ३ गुणासम्म नबढ्ने गरी दिने व्यवस्था थियो ।

कोषमा १३ हजार रोजगारदाताले एक लाख ८९ हजार जनालाई सूचीकरण गरेका छन् । छलफल कार्यक्रमा अध्यक्षाको आसन वाट आफनो मन्तव्य राख्दै व्यापार संघका अध्यक्ष महादेव पोखरेलले सरकारले ल्याएको योजना राम्रो भएको हुनाले सबै निजि क्षेत्र र संगठित संस्थाहरुले यसको फाईदा लिन आग्रह गरेका थिए । कार्यक्रम गोपाल बन्जाडेको संचालन र महादेव पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline