कोरोना भाइरस (कोभिड१९) को महामारी विश्वव्यापी रूपमा फैलिरहेको र यसले जनजीवनमा पारेको गम्भीर असर र अपाङ्गता भएका व्यक्तिहरु बढि प्रभावित भएका छन ।

  संक्रमणलाई कम गर्न  शिवराज नगरपािलकाले सरकारले गरेको लकडाउन’  लाई पुन पालना गर्न र  अपाङ्गताभएका व्यक्तिलाई राहत वितरण गर्ने अपाङ्गता भएका व्यक्तिहरुको हक हितमा काम गर्ने स्थानिय  समन्वय समिस्तिका संयोजक तथा शिवराज  नगरपालिकाका उप संयोजक शिवकुमारी थारुले बताइन् ।

शिवराज नगरपािलकामा रहेको स्थानिय समन्वय  समितीले  शिवराज नगरपालिका भित्र रहेका  क वर्गका पुर्ण अशक्त अपाङ्गता भएका   ९५ लाई  राहत वितरण गरिने शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले कपुरी अनलाईन लाई बताए ।

लकडाउनको स्थितिबाट दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने, बिपन्न, भूमिहीन, गरिब र कमजोर परिवार नराम्ररी प्रभावित भएका व्यक्तिहरुलाई शिवराज नगरपािलकाले राहत वितरण गरि सकेको र अहिले अशक्त अपाङ्गता भएका क वर्गका अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण गरिने अधिकारीले बताए ।

शिवराज नगरपालिकामा रहेको अपाङ्गता  राहत पाउने अपाङ्गता भएका व्यक्तिहरुको डाटा प्रत्येक वडा कार्यालयमा पठायने र वडा कार्यालयले राहत वितरण गर्ने  स्थानिय समन्वय समितीका संयोजक शिवकुमारी थारुले बताइन् ।

राहत वितरण सम्बन्धित वडाध्यक्षहरुबाट गरिने र समितिले सहजीकरणको भुमिका निर्वाह गर्ने थारुले बताइन ।  राहत लिन आउदा अपाङ्गता भएका व्यक्तिहरुको संरक्षक वा अपाङ्गता भएका व्यक्ति स्वय उपस्थित भई परिचय पत्रको फोटो कपीसाथ लिई वडा कार्यालयमा सम्पर्क गर्न नगरपािलकाले अनुरोध गरेको छ ।

यस नगरपालिका अन्तर्गतका विभिन्न वडा कार्यालयहरुबाट अपाङ्गगता परिचय पत्र पाँउ भनि निवेदन दिएका तपसिल वमोजिम वर्ग पर्ने गरि प क वर्गका ५ थान¸ ख वर्गका १३ थान¸ ग वर्गका ६ थान र घ वर्गका ५ थान गरि जम्मा २९ थान परिचय पत्र अनुमोदन समेत गरेको थारुले बताइन् ।