कपिलवस्तु, शिवराज -१, बनकट्टा विश्वराज अधिकारी

गजल

आकाश अनि धर्ती संगै हिलाएर गयौ, पिरतिमा विषको प्याला पिलाएर गयौ ।

हिमालको पानी भन्दा चोखो हाम्रो माया, वर्शातको असिनाझैँ बिलाएर गयौ ।

यौवनको उमंगलाई ढाल्दिरैछौ पिरतिमा, अनाहकमा पापको नासो दिलाएर गयौ ।

बल्ल बुझेँ चैतमासको हुरि रैछ तिम्रो माया, धुजा धुजा पारी यो मन सिलाएर गयौ ।

दुनियाँले जिभ्रो टोक्थे हामी दुइको जोडी देख्दा, बालुवामा पानी झैँ मन मिलाएर गयौ ।

विश्वराज अधिकारी शिवराज -१, बनकट्टा कपिलवस्तु