शिवराज चन्द्राैटा
कपिलवस्तु शिवराज नगरपालिका वडा न ५ मा रहेको संजीवनी सामुदायिक अस्पताल चन्द्रौटा कपिलवस्तुले महामारीको समयमा २४ घण्टा सेवा संचालन गरि यस क्षेत्रका विरामीहरुको मन जित्न सफल भएकाे छ । विभिन्न संचार माध्यममा विरामी बुटवल उपचारको लागी जाँदा समेत दुख पाएको गुनासो बढदै गए पनि आफुहरु विरामीको सेवामा लागि परेको संजिवनी अस्पतालका ब्यवस्थापक यज्ञ प्रसाद पौडेलले बताए । अस्पतालमा कार्यरत डाक्टर घनश्याम पान्डेका अनुसार काेराेना भाईरसकाे याे जटिल समयमा पनि हामीले स्थानीय स्तरमा पाईने स्रोत साधनको प्रयाेग गरि बिरामीलाई सेवा दिन कुनै कसर बाकी नराखेको बताए । साथै डाक्टर पान्डेले आम जनसमुदाय काेराेना भाईरसप्रति सचेत रहन आग्रह समेत गरेका छन् । अस्पतालले आफ्नाे सामाजिक उत्तरदायित्व अन्तरगत अस्पतालमा सेवा लिन आएका गरिब तथा विपन्न परिवारका बिरामीहरुलाई सेवा शुल्कमा छुट दिएको अस्पतालका अध्यक्ष टोपलाल पोखरेलले कपुरी अनलाईनसंगको कुराकानीमा बताए । लकडाउनको समयमा शिवराज नगरपालिका वडा न २ का सुरज भुसाल खुट्टामा फ्याकचरको समस्या भए पछि बहादुरगंज अस्पताल गएको तर उपचार संभव नभकोले डाक्टरले बुटवल जाने सल्लाह दिएको बताए ।
भुसाल परामर्श लिन संजिवनी सामुदायीक अस्पताल गए पछि उनले संजिवनीमा उपचार गर्ने निर्णय गरे उपचार पछि अहिले उनको स्वास्थ्यमा धेरै सुधार आएको आमा सिता भुसाले बताइन् । अस्पतालका अहेब अजय पौडेलले संकटको समयमा आफुहरुले २४ सै घण्टा आकस्मिक सेवा संचालन गरेको बताए ।
अस्पतालले एक्सरे,ल्याब र इसीजी सेवा समेत संचालन गरेको र विरामीको चाप बढदै गएको बताए । वि स २०६८ सालमा शिवराज र बुद्धभुमि नगरपालिका क्षेत्रका समाजसेवि व्याक्तिहरुको अथक प्रयासमा अस्पताल संचालनमा आएको सजीवनी सामुदायिक अस्पताल चन्द्रौटाका सचिव गोपाल बन्जाडेले बताए । उनले अस्पताल संचालनका लागि ७ जना स्वास्थ्य प्रावाधिकले गुणस्तरिय सेवा दिन अहोरात्र खटेको र काेराेना भाईरसकाे महामारीको समयमा समेत अस्पतालमा बसेर आम जनसमुदायलाई सेवा गरिरहेकाे उनले बताए । व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले यस क्षेत्रमा ५० शैयाको अस्पतालको आवश्यकता भएकोले संजिवनी सामुदायिक अस्पताललाई सबैकाे सहयाेगमा छिटो व्यवस्थापन गरि अगाडी बढाउन शिवराज नगरपालिकाको अहम भुमिका हुने बताए ।