सर्लाही चन्द्रनगर – डेढ महिनादेखिको लकडाउनले दुःखलाग्दो दैनिकी गुजारी रहेका सर्लाहीको चन्द्रनगर गाउँपालिकाका ५२ परिवारलाई शिवनाथ राउतको पहलमा राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो ।
काठमाण्डौंमा रहेको छाँया नेपाल नामक गैरसरकारी संस्थाले त्यस गाउँपालिकाभित्रका सबै अपांगता भएका व्यक्ति र चुल्हो बल्नै गाह्रो परेका अति विपन्न परिवार छनौट गरी जम्मा ५२ परिवारलाई खाद्यान्न उपलब्ध गराएको हो । राहतमा एक परिवार बराबर ३० किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, १ पोका नुन, एक थान झुल र एउटा डिटोल साबुन प्रदान गरिएको चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जका सामाजिक अभियन्ता शिवनाथ राउतले जानकारी दिए । आफू समेत अपाङ्ग भएपनि राउतले स्थानीय वासिन्दामा कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सचेतना फैलाउनेदेखि राहत वितरण गर्ने कार्यमा समेत तदारुकता देखाई रहेका छन् ।
सामाजिक अभियन्ता राउत, सहयोगी संस्था छायाँ नेपालका प्रतिनिधि राजेश साह र स्थानीय भद्रभलादमीको रोहबरमा राहत लिन आउन सक्नेहरुलाई बबरगञ्जमा जम्मा पारेर र त्यहाँ आउन नसक्नेलाई घर–घरमै पुगेर वितरण गरिएको हो ।