लेखक गोपाल बन्जाडे नेपाल आयुर्वेद आयुर्वेद ब्यावसायी संघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष हुन
आयुर्बेद चिकित्सा पद्धति र हाम्रो समाज
परापुर्व कालदेखि नै चल्दै आएको आयुर्वेद चिकित्सा बिधि नेपालको मौलिक चिकित्सा पद्धति हो ।मानव शरिरको शुरुवातसगै जीवन रक्षाका लागि बिभिन्न जडिबुटीको प्रयोगमार्फत बिभिन्न समयमा बिभिन्न रोगहरुको समय समयमा उपचार गरि धेरै रोगहरुको सफल उपचार भईरहेको छ ।आयुर्बेद भन्नाले मानव शरिरको रक्षा गर्ने बिधि सिकाउने शास्त्रलाई नै आयुर्वेद भनिन्छ । शरिरको रोग प्रतिरोधात्मक शक्तिलाई बढाउने काममा सहयोग गर्छ ।राज्यकोषबाट अहिलेसम्म आयुर्वेदप्रति गरेको लगानी नै अत्यन्तै कम छ । अहिले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसले लाखौंको मानिस नाश हुदासमेत राज्यले आयुर्वेद चिकित्सा पद्धतिमा खासै ध्यान दिएको छैन ।कोरोना भाईरसले पुरै बिश्वलाई सताउदा समेत आधुनिक चिकित्सा पद्धतिलाई चुनौती दिई रहेको बेलामा अझै पनि आयुर्वेद एंवम समग्रमा बैकल्पिक चिकित्सालाई सगै लिएर नजाने हो भने यसले कसरी रिजल्ट राम्रो दिन सक्छ । हाल बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ का बारेमा आयुर्वेद तथा योग प्रणायम आहार बिहारमा पनि ध्यान दिने हो भने मात्रै धेरैको ज्यानको जाखिमबाट बच्न सकिन्छ र बचाउन सकिन्छ ।कोरोना रोगका मुख्य लक्षणहरु
१) बिरामीलाई १००.४F भन्दा बढी लगातार ज्वरो आईरहने ।
२) श्वासप्रश्वास प्रकृयामा समस्या आउने ।
३) रुघाखोकी लाग्ने छाती दुख्ने ।
कोरोना भाईरस रोगबाट प्रभावित मुलुकबाट आएका मानिसहरुमा आएको दिनदेखि करिबकरिब २१ दिनसम्ममा रुघाखोकी लाग्ने ज्वरो आईरहने टाउको घाटी दुख्ने श्वासप्रश्वास मा समस्या देखियो भने तुरुन्तै स्थानीय स्वास्थ्यकर्मी सग सम्पर्क
गरि उपचार शुरु गरि हाल्नुपर्छ ।
कोरोना भाईरसबाट बच्ने तथा अरुलाई बचाउने उपायहरु ।।।
कोरोना भाईरस रोगको उपचारका बिषयमा चिकित्सा बिज्ञानमा अहिलेसम्म जे जति खोज अनुसन्धान भएका भए पनि यसको मुख्य अौषधी हालसम्म पत्ता लगाउन सकेको छैन । तर पनि रोगथामका लागि केहि प्रयासलाई बिश्व स्वास्थ्य संगठनले लिपिबद्द गरेको हुनाले यी कुराहरू यस प्रकार छन् ।
१) नियमित रूपमा दिनमा कम्तीमा ८\१० पटक साबुनपानीले हात धुने काम गर्नुपर्नेछ ।
२)स्यानेटाईजरको प्रयोग गर्नुपर्नेछ ।
३)खोक्दा हाछियु गर्दा ना मुख रुमाल टिस्युपेपरले छोप्ने काम गर्नुपर्नेछ ।
४) घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्नेछ ।
यी बाहेक पनि शरिरको रोगप्रतिरोधात्मक शक्ति बढाउने खालका जडिबुटी प्रयोग गर्नुपर्नेछ ।
५)गुडुची गुर्जो ५ग्राम आधा लिटर पानीमा पकाएर आधा बाकी रहेपछि चिया जस्तै प्रयोग गर्ने ।
६)असुरोको पात तथा बेसार९ हलेदो०लाई १लिटर पानीमा पकाएर आधा बाकी रहेपछि चिया जस्तै प्रयोग गर्ने ।
७) सुठो मरिच पिप्ला २ग्राम र तुलसीको पात ५वटा १ लिटर पानीमा पकाएर चिया जस्तै प्रयोग गर्ने ।
८) तेजपात २ ग्राम र दालचीनी २ ग्राम आधा लिटर पानीमा पकाएर चिया जस्तै प्रयोग गर्ने ।
९) पशुजन्य मासुअन्डा राम्रोसँग पकाएर मात्र खाने ।
१०) सतावरि अमला च्वनप्रास जस्ता रोगप्रतिरोधात्मक शक्ति बढाउने खालका आयुर्बेद अौषधी प्रयोग गर्ने ।
नियमितरूपमा योगा प्रयाणम गर्ने ।
आहारबिहार सेवन गर्दा ख्याल गर्ने।
खासगरी पछिल्लोपटक अहिलेको अवस्थामा नेपाल सरकारले कोरोना बिरुद्धको लडाइँमा आयुर्वेद तथा बैकल्पिक चिकित्सा क्षेत्रलाई समेत सगसगै लिएर हिडेको छ यसलाई हामी सबैले सुखद क्षण हो भनेर भन्न सकिन्छ ।आधुनिक चिकित्सा पद्धतिमा जे जति सरकारले लगानी गरेको छ ठिक त्यसै गरि आयुर्वेद तथा बैकल्पिक चिकित्सा क्षेत्रमा लगानी गर्ने हो भने यसले केवल चिकित्सा क्षेत्रमा मात्रै नभएर पर्यटनको क्षेत्रमा समेत टेवा दिन्छ ।तसर्थ राज्यले हरेक चिकित्सा पद्धतिप्रति जवाफदेही हुने हो भने हामी सबैको छिटोभन्दा छिटो कल्याण हुने कुरामा कसैको दुईमत नहोला ।