कपिलवस्तु चन्द्रौटा लकडाउन शुरुवात संगै चन्द्रौटामा वेसाहरा रहेका बालबालिकलाई शिवराज नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको नगर प्रमुख नेत्रराज अधिकारीले बताए ।
चन्द्रौटा बजार क्षेत्रमा भेटिएका बालबालिकालाई खाना र वस्ने व्यवस्था नगरपालिकाले गरेको र लकडाउन प्रश्चात विभिन्न निकाय संग समन्वय गरि उचित व्यवस्थापन गरिने शिवराज नगरपालिका उपमेयर शिवकुमारी थारुले कपुरी अनलाईनलाई बताइन । आज देखि दुर्गा मन्दिर वाट क्वारेन्टाइनमा व्यवस्थापन गरिएको र बालबालिकाको पौषण संगै स्वास्थ्य उपचार समेत नियमित ध्यान दिने चौधरीले बताइन् । शिवराज नगरपालिका वडा न ५ चन्द्रौटा दुर्गा मन्दिरमा स्थापना गरेको क्वारेन्टाइनमा राखिएको शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले बताए ।
विभिन्न संग संस्था संग समन्वय गर्दा बालबालिकाको स्वाब परिक्षण प्रश्चात व्यवस्थाजनमा निर्णय गर्ने विषय आए पछि उनिहरुको स्वाब परिक्षण गरिएको भट्टराईले बताए । दुर्गा मन्दिर परिसरमा बालबालिका राखिएकोमा आज वाट क्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखाका नारायण बन्जाडेले कपुरी अनलाईनलाई बताए । बालबालिकाहरु आफनो घर अर्घाखाँची बताए पछि विभिन्न व्यक्तिहरु संग बुझदा कोही नभेटिएको बन्जाडेले बताए । नजिकको नाता पर्ने सानी आमा संग नगरपालिकाले पटक पटक फोन सम्पर्क गर्दा नातापर्नेले बताएको नगरपालिका पटक पटक बालबालिकाको अभिभावकको मृत्यु भएको र आफुले उनीहरुको रेखदेख गर्न नसक्ने बताइन् ।