करार कर्मचारी हटाउन नसक्दा स्थानीय तहमा समस्या
कपुरी डेक्स
बझाङ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहसँग बझाङका स्थानीय तहका प्रमुखहरूले करार कर्मचारी हटाउन नसकिएको गुनासो गरेका छन्।
मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले भने, “करार कर्मचारी हटाउँदा भौतिक संरचना जीर्ण हुन्छ र सेवा प्रभावित हुन्छ। त्यसैले निरन्तरता दिनु नै विकल्प हो।”
थलारा गाउँपालिकाका अध्यक्ष प्रकाश रोकायाले स्वास्थ्य क्षेत्रमा करार कर्मचारी हटाउँदा जनस्तरमा प्रत्यक्ष असर पर्ने बताए। उनले भने, “यदि हटाउनै हो भने आवश्यक दरबन्दीका कर्मचारी पठाइदिनुहोस्।”
जय पृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले पनि करार कर्मचारी हटाए तत्कालै संकट उत्पन्न हुने दाबी गर्दै, स्थानीय आवश्यकता र चुनौतीका आधारमा दरबन्दी समायोजन गर्न ऐन संशोधन गर्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री शाहले भने, कर्मचारी व्यवस्थापन ऐन कार्यान्वयनमा ढिलाइ भएकै कारण यस्तो स्थिति आएको हो र अर्को वर्षभित्र आवश्यक दरबन्दीका कर्मचारीको पदपूर्ति पूरा हुने विश्वास दिलाए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























