कक्षा १० का विद्यार्थीबाट विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री तथा कपडा सहयोग
समाजसेवाको भावना जागृत गराउने उद्देश्यले आवर मदरलेण्ड एकेडेमी का कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्चबाट संकलन गरिएको रकम प्रयोग गरी विजयनगर गाउँपालिका–४ मा रहेको हरिबोद्ध आधारभूत विद्यालय का अति विपन्न दुई जना विद्यार्थीलाई शैक्षिक सामग्री, न्याना कपडा र जुत्ता एक विशेष कार्यक्रममा हस्तान्तरण गरेका छन्।
उक्त कार्यक्रम विद्यालयका प्रिन्सिपल कुलराज ढुंगानाको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यार्थीहरूले सामाजिक उत्तरदायित्व र सहयोगभावनाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका थिए।
विद्यालयका प्रिन्सिपल कुलराज ढुंगानाले विद्यार्थीहरूले देखाएको मानवीय संवेदना र समाजसेवाको भावना सराहनीय रहेको बताउँदै यस्ता क्रियाकलापहरूले विद्यार्थीहरूमा आपसी सहानुभूति, नेतृत्व क्षमता र राष्ट्रप्रतिको दायित्वबोध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























