दीर्घरोगसँग संघर्षरत समाजसेवी रेशमलाल सोमै मगरको उपचारका लागि सहयोगको अपिल
कपिलवस्तु, विजयनगर
नेपाल मगर संघ युएई शाखाका पूर्व उपाध्यक्ष तथा नेपाल मगर संघ लुम्बिनी प्रदेशका सक्रिय सदस्य, समाजसेवामा सधैं अग्रणी भूमिका निर्वाह गर्दै आउनु भएका रेशमलाल सोमै मगर विगत तीन वर्षदेखि प्यारालाइसिसजस्तो गम्भीर रोगसँग जुझिरहनुभएको छ। उहाँ कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–४ निवासी हुनुहुन्छ।
४१ वर्षीय सोमै मगर आफ्नो जीवनको महत्वपूर्ण समय सामाजिक सेवा, प्रवासी नेपाली हित र मगर समुदायको समृद्धिका लागि समर्पित गर्नुभएको व्यक्ति हुनुहुन्छ।
शुरुवातमा नेपालका विभिन्न अस्पतालहरूमा उपचार गरिए पनि सुधार नआएपछि उहाँ भारतको लखनउ, जयपुर (राजस्थान) लगायत स्थानमा समेत उपचार गराउनुभएको थियो। तर लाखौं खर्च गर्दा पनि स्वास्थ्यमा उल्लेख्य सुधार आउन नसकेको पीडादायक अवस्था छ।
निरन्तर औषधोपचार, फिजियोथेरापी र नियमित परीक्षणका लागि अत्यधिक खर्च लाग्ने भएकाले अहिले उहाँको परिवार आर्थिक रूपमा अत्यन्तै कमजोर अवस्थामा पुगेको छ। पहिले-पहिले आफन्तजन र केही मनकारी सहयोगीहरूबाट सहयोग प्राप्त भएको भए पनि दीर्घकालीन उपचारका लागि अब थप सहयोग अपरिहार्य बनेको छ।
यसै सन्दर्भमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण सहयोगी मनहरूमा हार्दिक अनुरोध छ—
🔹 सहयोगको लागि जानकारी:
बैंकको नाम: प्रभु बैंक
खाता नम्बर: १४१०१०५१९९८०००१२
बैंक खाता धारकको नाम: रेशमलाल सोमै मगर
सम्पर्क नम्बर: ९८६७९३४३९३
ठेगाना: विजयनगर गाउँपालिका–४, कपिलवस्तु

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























