काठमाडौंबाट दाङतर्फ जाँदै गरेको यात्रुबाहक बस आइतबार बिहान दुर्घटनामा पर्दा २९ जना यात्रु घाइते भएका छन्।

दुर्घटना बिहान करिब ४ बजेको समयमा चन्द्रौटा र गोरुसिङ्गे बीचको बेल नदी नजिकै भएको हो। लु.प्र. ०२–००१ ख ००४५ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पंकज चुँदालीले जानकारी दिए। उनका अनुसार ३ जनाको अवस्था गम्भीर रहेको छ।

बुटवल रिफर गरिएका गम्भीर घाइतेहरू:

१. देबी बुढाथोकी, ७७ वर्ष, बागचौर न.पा.-१०, सल्यान — टाउको र शरीरमा गम्भीर चोट
२. मोहनलाल बुढाथोकी, ५६ वर्ष, सारदा न.पा.-१२, सल्यान — टाउकोमा गम्भीर चोट
३. श्रीधर अधिकारी, ३५ वर्ष, तुलसीपुर उ.म.न.पा.-११, दाङ — बाँया हातमा गम्भीर चोट

चन्द्रौटा अस्पतालमा उपचाररत घाइतेहरू:

४. मोतिलाल एरी, २८, रुकुम पश्चिम — टाउको र हातमा चोट
५. कोसिस गौतम, २१, सोलुखुम्बु — टाउको र हातमा चोट
६. अनिता चलाउने, १९, सल्यान — टाउको र हातमा चोट
७. सचिला नेपाली, ५२, दाङ — टाउको र हातमा चोट
८. टुककुमारी श्रेष्ठ, ६०, अर्घाखाँची — टाउको र हातमा चोट
९. चित्रप्रसाद धिताल, २५, सल्यान — टाउको र हातमा चोट
१०. ओमप्रकाश खड्का, ३१, रोल्पा — टाउको र हातमा चोट
११. रुपा चौधरी, २८, दाङ — टाउको र हातमा चोट
१२. हेमराज वली, ३९, रोल्पा — टाउको र हातमा चोट
१३. खड्क ब. पुन, ३९, पर्वत — टाउको र हातमा चोट
१४. भीमबहादुर बि.क., ४३, सल्यान — टाउको र हातमा चोट
१५. ईन्द्र ब. बि.क., ४०, सल्यान — टाउको र हातमा चोट
१६. ललित शर्मा, २१, दाङ — टाउको र हातमा चोट
१७. सन्दिप वली, ३१, रोल्पा — टाउको र हातमा चोट (बुटवल रिफर)
१८. विशाल बोहोरा, २२, डडेल्धुरा — टाउको र हातमा चोट
१९. शर्मिला नेपाली, २४, दाङ — टाउको र हातमा चोट
२०. रस्मी बोहोरा, ४२, सल्यान — टाउको र हातमा चोट
२१. बेद बहादुर वली, ३९, दाङ — टाउको र हातमा चोट
२२. महेन्द्र दराई, ३०, दाङ — हात र खुट्टामा सामान्य चोट
२३. धनराज गौतम, ४०, दाङ — खुट्टामा सामान्य चोट
२४. आधार गौतम, १५, ठेगाना नखुलेको — दायाँ हात भाँचिएको (बुटवल रिफर)
२५. सिता बस्नेत, ३५, दाङ — ढाड र खुट्टामा चोट
२६. निशा के.सी., ३७, सल्यान — हातमा सामान्य चोट
२७. सन्तोष शर्मा, २२, ठेगाना नखुलेको — हात र खुट्टामा सामान्य चोट
२८. रमेश सुनार, ३३, दाङ — सामान्य अवस्था
२९. लेखराज पाण्डे, ३७, दाङ — सामान्य अवस्था