नगरप्रमुख अजय थापाले प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने भएकाले त्यसको प्रयोगमा रोक लगाइएको बताउनुभयो । उहाँले नगरभित्र नै किसानले धेरै मात्रामा फूल लगाएकाले उक्त फूल पूजापाठका लागि राम्रो हुने भन्दै प्लास्टिकजन्य फूल प्रयोग नगर्न आग्रह गर्नु भएको छ ।
प्लास्टिकजन्य फूल तथा माला कसैले प्रयोग गरेको वा बिक्री–वितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने नगरपालिकाले जनाएको छ ।