खरेन्द्रपुर । शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा द्वारा पृथ्वीनारायण शाहको जङ्गी शालिकमा माल्यार्पण ।
३०२ औँ पृथ्वी जयन्ती एव राष्ट्रिय एकता दिवसका अवसरमा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले शिवराज नगरपालिका वडा न ३ खरेन्द्रपुरमा आयोजना गरेको
जलपान तथा शुभकामना कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको हो ।
यस्तै कार्यक्रममा स्थानियहरूको बाक्लो
सहभागीता रहेको थियो । नेपाली सेना नारायण गण दल गौरूसिङ्गेले सलामी दिएका थिए ।
कार्यक्रम शिवराज नगरपालिकाका वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाको अध्यक्षता र नवराज पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।