सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो
काठमाण्डौ, ६ मंसिर । सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ । तीन सय रुपैयाँ बढेर आज सुन तोलाको एक लाख १६ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी तोलाको एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























